Trending :
 

ममीका आँखा रसाए, अभिनेत्री आश्मा गिरी

श्रावण ११,२०७५

-

साउन ११,२०७५ काठमाण्डौ

मलाई सानैदेखि के लाग्थ्यो भने, जब म कमाउन थाल्नेछु, मेरो सबै कमाइ ममीलाई दिनेछु ।

र, भइरहेको पनि छ, त्यही ।

 

मलाई मेरो जीवनको पहिलो कमाइ राम्रोसँग याद छ । झन्डै डेढ वर्षअघि हो क्यारे ! मैले पहिलोपटक पैसा कमाएको ।

ब्याचलर पढ्दै मोडलिङ पनि सुरु गरेँ । जोजो चाउचाउको टेलिभिजन विज्ञापनका लागि प्रस्ताव आयो ।

त्यसमा अभिनय गरेबापत मैले सात हजार रुपैयाँ पारिश्रमिक पाएकी थिएँ ।

 

त्यो पैसा मैले सीधै लगेर ममीलाई दिएँ । छोरीको पहिलो कमाइ देखेर ममी निकै खुसी हुनुभयो ।

त्यतिवेला ममीका आँखा रसाएका थिए ।

 

टिभिसी, पेपर एड, मोडलिङ, म्युजिक भिडियो तथा फिल्म अभिनय, जहाँ जति कमाए पनि ममीलाई नै दिने गरेकी छु ।

मलाई चाहियो भनेचाहिँ उहाँसँगै माग्छु ।

 

मलाई पैसाको त्यत्ति मोह लाग्दैन । काम चले हुन्छ भन्ने लाग्छ । तर, पहिलो कमाइको भने याद आइरहँदो रहेछ ।