Trending :
 

साउन १६ गते अष्ट्रेलियन शैक्षिक मेला अयोजना हुने

श्रावण ११,२०७५

-

अल्फा बिटाले आगामी साउन १६ मा अल्फा बिटा ‘अष्ट्रेलियन शैक्षिक मेला’ अयोजना गर्ने भएको छ l 
 
 
एक दिने शैक्षिक मेला बिहान १० बजेदेखि अल्फा बिटा कमप्लेक्सको चौथो तल्ला ‘शिव तथा कृष्ण सदन’मा हुने अल्फा बिटाका कार्यकारी निर्देशक द्विराज शर्माले जानकारी गराए ।
 
मेलामा अष्ट्रेलियाका २३ भन्दा बढी कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् ।
 
माछापुच्छ्रे बैंकको प्रमुख प्रायोजनमा हुने मेलामा करिब दुई हजार विद्यार्थीले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ ।
 
वैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुले मेलामा सहभागी भई कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरुबाट जानकारी तथा प्रक्रियाहरु बुझ्न सक्नेछन् ।
 
मेलामा सहभागी विद्यार्थीलार्इ अल्फा बिटाले प्रदान गर्दै आएका हरेक सेवाहरुमा ५० प्रतिशत
 
छुटकोसमेत व्यवस्था गर्ने कम्पनीका सिनियर मार्केटिङ्ग विभागका सदस्यहरुले जानकारी दिए ।
 
मेलामा सहभागी विद्यार्थीहरुले आकर्षक उपहार पनि पाउने छन् ।