क्यालिफोर्नियामा भीषण आगलागी, पाँचको मृत्यु, १७ बेपत्ता
४० हजार बिस्थापित
-
साउन १३, २०७५ एजेन्सी ।
बीबीसी
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोमा परी एक वृद्ध महिला र दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।
शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ ।
ज्यान गुमाएका पाँचमध्ये बालबालिका र उनीहरुका जिजु हजुरआमा रहेको खबर छ ।
उक्त डढेलोमा बिहिबार दुईजना अग्निनियन्त्रकहरुको ज्यान गएको थियो ।
रेडिंगमा बस्ने शेरी ब्लेडसोलाई उद्धृत गर्दै सार्वजनिक भएको रिपोर्ट अनुसार उनकी सत्तरी वर्षीया हजुरआमा मेलोडी ब्लेडसोसहित पाँच र चार वर्षका एमिली रोबर्टस् र जेम्सको मृत्यु भएको हो ।
रेडिंगस्थित घरमा आगो लागेलगत्तै उनका आफन्तले उनीहरुको खोजी गरिरहेका थिए ।
एनबीसीले शेरीलाई उद्धृत गर्दै तीनैजना घरबाट निस्कनै लाग्दा आगोले घेरिएको बताएको छ ।
मेलोडीका श्रीमान् एडले यसअघि आफू किनमेल गर्न गएका बेला कसरी श्रीमतीले डढेलो घर नजिकै आउन लागेको भनि छिट्टै फर्किन भनेका थिए भनी व्याख्या गरेका थिए ।
उनी फर्कँदा घर भत्किए सकेको थियो र त्यहाँ प्रहरीले टेपको घेरा लगाइसकेको थियो ।
क्षतीः
नेशनल गार्डसहित हज्जारौं आपतकालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटेका छन् ।
आगलागीका कारण पाँच सयभन्दा बढी घरमा क्षती पुगेको छ ।
अलास्का र टेक्सासबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी आगलागीको खबर सार्वजनिक भएका छन् ।
गत सोमबार एक कारमा आएको खराबीका कारण जंगलमा आगो लाग्न सुरु भएको हो । उक्त डढेलो अहिले १ सय ९४ वर्ग किलोमिटरमा फैलिएको छ जुन सान फ्रान्सिस्को शहरभन्दा ठूलो क्षेत्रफल हो ।
क्यालिफोर्नियाको वन र आगो नियन्त्रण विभागका प्रमुख केन पिमलाटले पत्रकारलाई भने, ‘यहाँ फैलिएको डढेलोलाई बबन्डरको संज्ञा दिन सकिन्छ ।’
उनले शक्तिशाली हावाहुरीका कारण आगो फैलिरहेको जानकारी दिएका छन् । ‘अहिले स्थिती निकै नाजुक छ । हामी सावधान हुन आवश्यक छ । मानिसहरु बाहिर निस्किरहनुपर्छ ।’
एजेन्सी