श्रावण १३,२०७५
-माधव प्रसाद गर्तौला
सुखी, समृद्ध र निरोगी रहने तरीका हो शिव स्वरोदय l
साउन महिना विशेष-
मित्रहरु ! हामी सबैले आफ्नो जीवनमा सफलता, समृद्धि तथा सौहार्दको अपेक्षा राख्ने गर्दछौं l
तर थाहा हुँदैन कि के गर्दा तथा कुन मार्ग अपनाउंदा जीवनरूपी बगैंचा सुगन्धले आपूरित होस् l
आज तपाईंहरुको जीवनमा एक नवीन सूत्र जोड्ने दिशामा यो एक विनम्र प्रयास हो l
श्रावण महिना भगवान शिवको अतिप्रिय महिना रहेकोले शिवसंग संबन्धित ग्रन्थ “शिव-स्वरोदय” को केहि सूत्रहरुको चर्चा गर्नेछु l जसको माध्यमले तपाईंहरुको जीवनमा सुख, समृद्धि तथा शान्तिको आगमन होस् l
शिव- स्वरोदय- एक परिचय
स्वरोदय विज्ञानमा आधारित अत्यन्त प्राचिन ग्रन्थ हो l यसमा कुल ३९५ श्लोकहरु रहेका छन् l
यो ग्रन्थ शिव-पार्वती संवादको रूपमा लेखिएको छ l
शायद यसैका लागि कि सम्पूर्ण सृष्टिमा समष्टि तथा व्यष्टिको अनवरत संवाद चलिनै राखेको हुन्छ,
तथा योगी अन्तर्मुखी भएर योगद्वारा यस संवादलाई प्रतिपल सुनिराखेको हुन्छ l
के तपाईंले ऐनाको अगाडी आफ्नो नाकलाई ध्यानपूर्वक हेर्नुभएको छ? यदि छ भने बताउनुहोस् नाकको के उपयोगिता हो? यस प्रश्नको उत्तर दिएपछी नै अगाडी पढौं l
यदि तपाईंको उत्तर पनि यहि हो कि नाक हाम्रो प्रमुख ज्ञानेन्द्रिय हो, यसद्वारा हामी गन्ध पहिचान एवं
आवश्यक प्राणवायु ग्रहण गर्छौं l तब तपाईं आजसम्म एक महत्वपूर्ण तथा लाभदायक विज्ञानसंग अनभिज्ञ हुनुहुन्छ l
यसको विपरीत यदि तपाईंले स्वर-विज्ञान या स्वरोदय विज्ञानको अध्ययन तथा मनन गर्नुभएको छ भने निश्चित नै तपाईं भाग्यमानी हुनुहुन्छ l
किनकि स्वरविज्ञान जान्नेवाला कहिले पनि विपरीत परस्थितिहरुमा विचलित नभई रहन सक्दछ l
यदि विपरीत परिस्थितिहरुमा परिहाले पनि सजिलै ती परिस्थितिहरुलाई आफ्नो अनुकूल बनाई बाहिर निस्कन्छ l
स्वर विज्ञान एक धेरै नै सजिलो विद्या हो l यसको अनुसार स्वरोदय, नाकको छिद्रबाट ग्रहण गरिनेवाला स्वाश हो, जो वायुको रूपमा हुन्छ l
श्वास नै जीवको प्राण हो यसै श्वासलाई स्वर भनेर भनिन्छ l स्वरको चल्ने क्रियालाई उदय मानेर स्वरोदय भनिएको हो,
तथा जसमा केही विधि बताइएको होस् र विषय को रहस्यलाई जान्ने प्रयास होस् त्यसलाई विज्ञान भनेर भनिन्छ l
स्वरोदय आफुमा नै एक पूर्ण विज्ञान हो l यसको ज्ञानमात्रले नै व्यक्ति अनेक लाभहरुले लाभान्वित हुन थाल्दछ l
यसको लाभ प्राप्त गर्नको लागी तपाईंलाई कुनै कठिन गणित, साधना, मन्त्र-जप, उपवास, या कठिन तपस्याको आवश्यकता पर्दैन l
तपाईंलाई केवल श्वासको गति एवं दिशाको स्थिति ज्ञात गर्ने अभ्यास मात्रै गर्नु छ l
सूर्य, चन्द्र तथा सुषुम्ना स्वर-
सर्वप्रथम हातद्वारा नाकको छिद्रबाट आउंदै-जाँदै गरेको श्वासलाई अनुभव गर्ने प्रयास गरौँ l महसूस गर्नुहोस कि कुन छिद्रबाट श्वास बाहिर निस्किरहेको छ l
स्वरोदय विज्ञानको अनुसार श्वास यदि दाहिने छिद्रबाट बाहिर निस्किरहेको छ भने यो सूर्य स्वर हुनेछ l यसको विपरीत यदि श्वास बायाँ छिद्रबाट निस्किरहेको छ भने चन्द्र स्वर हुनेछ l
यदि दुवै छिद्रबाट श्वास निस्किरहेको छ भने सुषुम्ना स्वर हुनेछ l
श्वासको बाहिर निस्कने उपर्युक्त तीनै क्रियाहरु नै स्वरोदय विज्ञानको आधारस्तम्भ हो l
इडावामेचविज्ञेयपिंगलादक्षिणेस्मृता l
इडानाडीस्थितावामाततोव्यस्ताचपिंगला ll (शिवस्वरोदय-४९)
सूर्य स्वर पुरुष प्रधान छ l यसको रंग कालो हुन्छ l यो शिवस्वरूप हो, यसको विपरीत चन्द्र स्वर स्त्री-प्रधान हो,
एवं यसको रंग गोरो हुन्छ l यो शक्ति अर्थात् पार्वतीको रूप हो l इडा नाडी शरीरको बायाँ तर्फ हुन्छ भने
पिंगला नाडी दायाँतर्फ हुन्छ l इडा नाडीमा चन्द्र स्वर हुन्छ तथा पिंगला नाडीमा सूर्य स्वर हुन्छ l
चन्द्रसूर्यसमभ्यासंयेकुर्वन्तिसदानरा: l
अतीतानागतज्ञानंतेषांहस्तगतंभवेत् ll (शिवस्वरोदय-५६)
जुन मनुष्यले चन्द्र र सूर्यका स्वरका सदैव राम्रोसंग अभ्यास गर्छन् उनलाई भूत-भविष्यत् तथा वर्तमान तीनै कालको ज्ञान हस्तगत हुन्छ l
एतज्जानातियोयोगीएतत्पठतिनित्यश: l
सर्वदुखविनिर्मुक्तोलभतेवांछितंफलम् ll (शिवस्वरोदय-३८८)
जुन व्यक्तिले यस शास्त्रलाई जान्दछ र यसको नित्य अभ्यास गर्दछ, त्यो सम्पूर्ण दुखबाट मुक्त भई इच्छित फल प्राप्त गर्दछ l
प्रमुख समाचार
सम्वन्धित समाचार