प्रेमकथामा आधारित त्रिकोणीय प्रेम प्रसंगका अभागी प्रेमी
-
साउन १३, काठमान्डौ
बलिउडमा प्रेमकथामा आधरित यस्ता फिल्म बने, जसमा त्रिकोणीय प्रेम प्रसंग देखाइएको थियो। फिल्ममा तीनजना पात्रमध्ये एकजना यस्ता अभागी हुन्छन्, जसले दर्शकको भरपूर सहानुभूति पाउने गरेका छन् । उसले आफ्नो प्रेम प्राप्त गर्दैन, तर ऊ कुनै पनि हालतमा कमजोर भने हुँदैन । यस्तैमा केही पात्र छन्, जसले दर्शकमाझ गहिरो छाप छाडेका छन् ।
दीपिका पादुकोण-
फिल्म ‘ककटेल’ मा अभिनेत्री दीपिका पादुकोणको सैफअली खानसँग प्रेम हुन्छ । तर फिल्ममा अभिनेत्री डायना पेन्टी पनि हुन्छिन् । सैफको दिल डायनासँग जोडिन्छ । यही कारण दीपिकाले आफ्नो प्रेमको बली चढाउनुपर्छ ।
अनुष्का शर्मा-
फिल्म ‘जब तक है जान’ मा अभिनेत्री अनुष्का शर्माले अकिरा भन्ने पात्रको भूमिका निभाएकी छिन् । फिल्ममा उनको भेट शाहरुख खान उर्फ समरसँग हुन्छ । उनी शाहरुख खानलाई प्रेम गर्न थाल्छिन् । तर शाहरुख भने पहिले नै क्याट्रिना कैफको प्रेममा पागल भएका हुन्छन् । अन्त्यमा क्याट्रिना र शाहरुख मिल्छन्, अनुष्का भने आफ्नो दिलमा पत्थर राख्न विवश हुन्छिन् ।
शाहरुख खान-
‘किंग अफ रोमान्स’ शाहरुख खानले पहिलोपटक कुनै फिल्ममा यति पीडादायी भूमिका निभाएका थिए । फिल्म ‘कल हो ना हो’ मा उनी क्यान्सरको बिरामी हुन्छन् । चाहेर पनि प्रिटी जिन्टा (नैना) सँग विवाह गर्न सक्दैनन् । यसकारण उनी नैनाबाट टाढिन थाल्छन् र सैफअली खानलाई उनको नजिक बनाइदिन्छन् ।
सुनील शेट्टी-
सुपरहिट फिल्म ‘धड्कन’ हेरेर जो–कोही रुन्छ होला । यो फिल्म अक्षयकुमार (राम), सुनील शेट्टी (देव) र शिल्पा शेट्टी (अञ्जली) को वरिपरि घुम्छ । फिल्ममा देव र अञ्जलीको गहिरो प्रेम हुन्छ । तर देवको घमण्डी स्वभावका कारण अञ्जलीका पिताले उनको विवाह रामसँग गरिदिन्छन् ।
अञ्जलीले बिहेपछि पनि देवलाई भुल्न सक्दिनन् । देव लामो समयपछि अञ्जलीको जिन्दगीमा फेरि झुल्किन्छन् र रामको सारा व्यापार चौपट पारिदिन्छन् । अन्तिममा अञ्जलीप्रति रामको प्रेम देखेपछि उनीहरूबाट टाढा रहन्छन् ।
करिश्मा कपुर-
फिल्म ‘दिल तो पागल है' मा शाहरुख खानका साथमा माधुरी दीक्षित र करिश्मा कपुर छन् । फिल्ममा करिश्मा कपुरले शाहरुखलाई मनैदेखि चाहन्छिन्, तर शाहरुख भने आफ्नी सपनाकी राजकुमारी माधुरी दीक्षितको प्रेममा पागल हुन्छन् ।
यस्तैमा माधुरी दीक्षितको बिहे अभिनेता अक्षयकुमारसँग तय हुन्छ र शाहरुखको दिल टुट्छ । अन्त्यमा शाहरुखको विवाह माधुरीसँगै हुन्छ ।