एक करोडको लागतमा क्याफे र रेस्टुरेन्ट संचालनमा :
-
साउन १३, काठमाण्डौ
रुपन्देहीको तिलोत्तमामा करिब १ करोड लागतमा द गार्डेन क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । तिलोत्तमा २ शंकरनगर चोकबाट करिब सय मिटर पूर्व सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा विभिन्नखाले सुविधा रहेका छन् ।
यहाँ पार्टीका लागि हल, फ्यामली रुम, आउटडोर फ्यामली गार्डेन, स्मोकिङ जोनलगायत रहेका छन् । डेढ कट्ठा जग्गामा बनेका संरचनामा आनन्ददायी रूपमा खानाका विभिन्न परिकार लिन सकिने सञ्चालकले बताएका छन् ।
रेस्टुरेन्टका सञ्चालक उमेश सापकोटाका अनुसार यहाँ ब्रेकफास्टदेखि स्पेसल लन्च तथा डिनरमा विभिन्न परिकार उपलब्ध छ । यहाँ करिब १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यहाँ विभिन्न किसिमका पार्टी तथा उत्सवका लागि समेत सेवा दिन सकिने र होम सर्भिसको समेत व्यवस्था रहेको सञ्चालक सापकोटाले बताए । बुटवलदेखि नजिकै रहेको र शंकरनगरको पर्यटकीय स्थल शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) जाने बाटो यही रेस्टुरेन्ट हुँदै रहेकाले पनि रेस्टुरेन्टमा ग्राहकहरूको चाप बढ्ने विश्वास सञ्चालकले लिएका छन्।