कृषक प्रसङ्ग
चैत्र ०७,२०७३
-
७,२०७३चैत्र,पर्वत-
उत्तरी पर्वत जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा यतिबेला मारमा परेका छन् | मकै र कोदो लगाउन छोडेर अदुवा लगाएका किसान अदुवा बिक्री नभएपछि निराश बनेका हुन् |
यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ |जिल्लाको लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन |
खाद्यबाली र तरकारी नालागाइ खेतबारीमा अदुवा लगाएका किसान अदुवाले उचित मूल्य र बजार पाउन नसकेपछि पुर्पुरोमा हात राख्न वाध्य छन् |
अदुवाले उचित मूल्य र बजार पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदी बताउँछन् |
बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ |
सुवेदी भन्छन् “प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा पनि बिक्री भएन |’ लागनीसमेत उठ्ने देखिएको छैन |’’
सोही क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो | नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ |
दुई वर्ष अगाडीसम्म अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदीले बताइन् | यातायातको सुविधा नहुँदा यहाँका कृषक पिठ्यूमा बोकेर म्याग्दीको बेनीसम्म अदुवा, दूध, तरकारीलगायत कृषि उपज बिक्री गर्दैआएका छन् | रासस
प्रमुख समाचार