Trending :
 

स्वास्थ्यका कुरा:

होसियार ! बन्दागोभी, पालुङ्गो जस्ता हरियो सब्जीले लिन सक्छ ज्यान

श्रावण १४,२०७५

-

 
 
लगभग ६ महिनादेखि यस्तो चल्दै आएपछि उनीहरू छोरीलाई जँचाउन गए । परीक्षणपछि जब यसको कारण थाहा भयो, उनीहरूले विश्वासै गर्न सकेनन् ।
 
सानी बच्चीको दिमागमा १०० भन्दा धेरै टेपवर्म अर्थात फित्तेकीराको अण्डा थियो जुन मस्तिस्कमा ससाना क्लटका रुपमा देखिएका थिए । अहिले ती बच्चीको उपचार भारतको एक अस्पतालमा न्यूरोलोजी डिपार्टमेन्टका चिकित्सकहरूको रेखदेखमा चलिरहेको छ ।
 
चिकित्सकहरूका अनुसार कुनै पनि चीज राम्रोसँग नपकाई खाएमा र सरसफाइमा त्यति ध्यान दिइएन भने टेपवर्म पेटमा पुग्छ । त्यसपछि रक्त प्रवाहसँगै टेपवर्म शरीरको अलगअलग भागमा जान्छ ।
 
के हो टेपवर्म  ?
 
Image may contain: food
 
गाँउघरमा फितेकिरा भनिने टेपवर्म एक परजिवी हो । यो आफ्नो पोषणको लागि अरुमा आश्रित हुने जीव हो । मानिसको शरीरमा पसेपछि खाना नियमित पाउने हुनाले यो धेरैसमयसम्म बाँच्न सक्छ ।
 
यसको ५ हजारभन्दा धेरै प्रजाति पाइन्छन् । यो एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुनसक्छ । कुनैबेला यसको एक मात्रै आश्रय हुन्छ भने कुनै बेला एकभन्दा धेरै । यसको शरीर खण्डखण्डमा बाँडिएको हुन्छ ।
 
यसको शरीरमा हुकको जस्तो संरचनायुक्त हुन्छ जसकारण यो आफ्नो आश्रयदाताको अंगसँग टाँस्सिएर बस्छ । शरीरमा रहने क्युटिकलको मद्दतले यसले आफ्नो भोजन लिन्छ । यसले पचाइएको भोजन मात्रै लिन्छ किनभने यसको पाचनतन्त्र हुँदैन ।
 
कसरी फैलन्छ टेपवर्म ?
 
टेपवर्मको संरचना रिबनजस्तो चेप्टो हुन्छ । फित्तेकीराको अण्डा शरीरमा प्रवेश गर्‍यो भने यसले आन्द्रामा आफ्नो घर बनाउँछ । तर, यो पुरै जीवनकाल आन्द्रामा नै बस्छ भन्ने हुँदैन । रगतसँगै यो शरीरका अन्य भागमा समेत पस्छ ।
 
एसियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम छ । एनएचएसका अनुसार शरीरमा टेपवर्म छ भने पनि त्यसको कुनै लक्षण देखिन्छ नै भन्ने हुँदैन । तर, धेरैजसो केसमा पटक यो शरीरको केही अति संवेदनशील अंगमा पुग्नसक्छ जसले खतरा निम्त्याउँछ ।
 
सुरुमै थाहा भए यसको उपचार गर्न पनि सजिलो छ । त्यसैले धेरै हानिकारक नभए पनि यसलाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।
 
टेपवर्म कसरी मानिसको शरीरमा पुग्छ  ?
 
Image may contain: food
 
आधा पाकेको वा काँचो सुँगुर वा बीफ खाँदा यो मानिसको शरीरमा पुग्छ । त्यस्तै आधा पाकेको वा काँचो माछाको सेवन गर्दा समेत यो मानिसको शरीरमा प्रवेश गर्ने सम्भावना हुन्छ ।  । वास्तवमा यी जीवहरूमा टेपवर्मको लार्भा हुन्छ । फलतः माछामासु राम्रोसँग पकाएर खाइएन भने टेपवर्म शरीरमा पुग्छ ।
 
यसका अन्य कारणहरू निम्न छन्-
 
दूषित पानी l
 
Image may contain: one or more people and drink
 
बन्दागोभी, पालुन्गो जस्ता हरियो सब्जीलाई राम्रोसँग पकाएर खाइएन भने पनि टेपवर्म शरीरमा पुग्नसक्छ ।
 
यसैले फोहोर पानीमा वा माटोको सम्पर्कमा फल्ने सब्जीहरूलाई सफा पानीले राम्रोसँग पखालेर खाँदा राम्रो हुन्छ ।
 
टेपवर्म संक्रमणको लक्षणहरु-
 
सामान्य रुपमा यसको कुनै धेरै सटिक लक्षण देखिँदैन तर, टेपवर्म शरीरमा छ भने दिशाबाट थाहा हुन्छ । यसबाहेका पेटमा दुखाइ, डायरिया, कमजोरी र वान्ता हुने, भोक नलाग्नेजस्ता समस्या यसको प्रमुख लक्षण हो ।
 
शरीरमा टेपवर्मको सङ्ख्या वा अण्डाको सङ्ख्या धेरै छ भने चक्कर आउने, छाला पहेँलो हुने, खोकी लाग्ने, सास फुल्ने, आँखाले हेर्न गाह्रो हुनेजस्ता समस्या समेत देखिन सक्छन् ।
 
के के छन् त बच्ने उपायहरु?
 
टेपवर्म एकपटक मानिसको शरीरमा पुग्यो भने यसको औषधिको सेवनबाट नै छुटकारा पाउन सकिन्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाटै जोगिन सकिन्छ ।
 
यस्ता छन् बच्ने उपायहरु-
 
कुनै पनि जनावरको मासुलाई राम्रोसँग पकाएर मात्रै खाने ।
 
फलफूल तथा सब्जीहरूलाई खानुभन्दा अगाडि राम्रोसँग पखाल्ने ।
 
खाना खानुभन्दा पहिले हात धुने । शौच गरेपछि हात र नङ राम्रोसँग सफा गर्ने ।
 
सफा पानी पिउने ।
 
पशुहरुसंग सीधा सम्पर्कबाट बच्ने वा त्यस क्रममा विशेष सावधानी अपनाउने ।

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News