लामखुट्टेको पर्दाफास :

पुरुष लामखुट्टे शाकाहारी, १५ दिनको आयु, महिलाले दिन्छिन ५ सय अण्डा

श्रावण १४,२०७५

-

बर्खाको मौसमले हरेक पटक आफ्नो साथ करोडौं लामखुट्टेहरुलाई लिएर आउँछ । लामखुट्टे पृथ्वीमा सबैभन्दा ज्यादा मानिसहरुलाई मार्ने जीव हो । आउनुहोस् यिनको बारेमा विस्तारले जानौं-
 
 
१. पृथ्वीमा लामखुट्टेहरुको ३५०० भन्दा ज्यादा प्रजातिहरु छन् र यिनीहरु २० करोड वर्ष पहिले यस पृथ्वीमा आएका हुन् ।
 
२. लामखुट्टेले मानिसको सासपनि सुँघ्न सक्छ ।
 
३. केवल महिला लामखुट्टेले मात्र रगत चुस्छ, पुरुष लामखुट्टेहरु त शाकाहारी हुन्छन् ।
 
४. लामखुट्टेहरु लगभग १६ मिलिमीटर लामो तथा २.५ मिलिग्राम तौल भएको हुन्छन् ।
 
५. लामखुट्टेहरु आफ्नो एकपटकको चुसाईबाट ०.००१ देखि ०.१ मिलीलीटर सम्म रगत चुस्छन् ।
 
६. लामखुट्टेहरु २ फीट प्रति सेकेन्डको गतिले उड्छन्, तथा यिनीहरु ४० फीट भन्दा माथि उड्न सक्दैनन्, साथै यिनीहरु आफ्नो जन्मस्थान देखि १ माइल सम्मको दूरीमा मात्रै उड्छन् ।
 
७. लामखुट्टेहरुले मानिसको रगत चुसी सकेपछी मानिसको त्वचामा पिशाब पनि गरिदिन्छ ।
 
८. महिला लामखुट्टेहरुले एकपटकमा ३०० वटा अन्डाहरु दिन सक्छन्, साथै यिनीहरुले आफ्नो जीवनमा ५०० वटा अन्डाहरु दिन्छन् ।
 
९. यदि लामखुट्टेहरुले रगत पाएनन् भने यिनीहरुले नया अन्डा दिन सक्दैनन् ।
 
 
११. लामखुट्टेको पखेटा एक सेकेन्डमा ५०० पटक फर्फराउँछ ।
 
१२. लामखुट्टेले आफ्नो तौलभन्दा तीनगुणा ज्यादा रगत चुस्न सक्छन् ।
 
१३. लामखुट्टेहरु अरु कुनै रंगको अपेक्षा नीलो रंगको तर्फ ज्यादा आकर्षित हुन्छन् ।
 
१४. १,२००,००० लामखुट्टेहरु मिलेर एक मानिसको पूरा रगत चुस्न सक्छन् ।
 
१५. लामखुट्टेहरुको ४७ वटा दांत हुन्छन् ।
 
१६. ‘o’ ब्लड ग्रुप भएको मानिसलाई लामखुट्टेले धेरै टोक्छ ।
 
१७. यदि पृथ्वीमा भएका सबै लामखुट्टेहरुलाई मारी एक फुटबलको मैदानमा जम्मा गरियो भने ५ किलोमीटर अग्लो थुप्रो लाग्छ ।
 
 
१९. इतिहासमा भएका सबै युद्धहरुले भन्दा ज्यादा मृत्यु लामखुट्टेहरुको टोकाईले भएको हो ।
 
२०. हरेक वर्ष मलेरियाले १० लाख मानिसहरुको मृत्यु भैरहेको छ, यदि केवल अफ्रिकाको कुरा गर्ने हो भने हर ४५ सेकेन्डमा एकजनाको मृत्यु हुने गर्छ।
 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News