Trending :
 

सेञ्चुरी बैंकका थप तीन नयां शाखा सञ्चालनमा

श्रावण १४,२०७५

-

साउन १४,२०७५ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच थप जनता माझ पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा 
 
सेञ्चुरी कमर्सियल बैंकले चितवनको टांडी, महोत्तरीको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 
 
उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले गर्नुभयो ।
 
नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।  
 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप रु. एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा रु. पचपन्न अरब पुगेको छ ।