अपहरण :
श्रावण १५,२०७५
-
काठमाण्डौ
सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस)ले ३६ जना महिला र बालबालिका अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार दिएकाे जानकारी अनुसार अाइएसले उनीहरुलार्इ अपहरण गरेकाे हाे ।
केही दिनअगाडि साेही प्रान्तमा अाइएसले गरेकाे आत्मघाती आक्रमण र गोलाबारीले दुर्इ सय ५० भन्दा बढीकाे मृत्यु भएकाे थियाे । आक्रमणमा आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताए ।
सरकारको बलियो प्रभाव मानिने स्वेदा प्रान्तमा केही दिनदेखि आत्मघाती, गोलाबारी र अपहरण जस्ता आक्रमण भएकाे थियाे । सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको गृहयुद्धमा तीन लाख ५० हजारको मृत्यु भइसकेको छ । सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको हाे ।
सिरियामा विश्वका शक्ति राष्ट्रसहित विभिन्न संघसंस्थाकाे सहयोगले गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धले लाखौँ मानिस घाइते हुनाका साथै शरणार्थी बन्न बाध्य भएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार