Trending :
 

महिनावारी अछुत होइन :

मासिक धर्म, यौनसंपर्क एवं यौन रोग

श्रावण १५,२०७५

-

महिनावारी, यौनसम्पर्क र यौन रोग                                                                                                                  
 
महिनावारीका बेला यौनसम्पर्क
 
महिनावारीलाई चलनचल्तीको भाषामा ‘नछुने हुनु’ भनिन्छ र एक किसिमले त्यसको अर्थ महिला अछुत भएको भन्ने लाग्छ । महिनावारीको रगतलाई दूषित मान्ने प्रचलनले कसैले पनि छुन नहुने कुरा गरिन्छ । यस्तो बेला छोइयो भने अनिष्ठ हुने तथा श्रीमान् र परिवारको कुभलो हुने मानिन्छ । यस्तो बेला यौनसम्पर्क त बर्जित नै हुन्छ । यद्यपि वैज्ञानिक दृष्टिकोणले हेर्दा यी कुरा सत्य होइनन् । यो कुरा बुझ्न महिनावारी कसरी सञ्चालित हुन्छ त भन्ने कुरा गरौं । 
 
मस्तिष्कको Hypothalamus  भनिने भाग, पिट्युटरी ग्रन्थि तथा डिम्बाशयबाट निस्कने हार्मोनहरूले महिनावारीलाई सञ्चालन गर्छ । Hypothalamus बाट Gonadotropin Releasing Hormone जसको प्रभावमा पिट्युटरी ग्रन्थिले Follicular Ftimulating Hormone (FSH) Luteinizing Hormone (LH) निकाल्छ । 
 
 
FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ, तैपनि प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठेघरको भित्री तह तुहिन्छ र ३–६ दिनसम्म महिनावारीको रगत बग्छ । त्यसपछि इस्ट्रोजनको मात्रा बढ्छ र Hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ अनि डिम्बाशयवाट डिम्ब निष्कासन हुन्छ ।
 
डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ अनि त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझ बाक्लो बनाई उपयुक्त बनाउँछ । यदि डिम्ब निसेचित भएन भने प्रोजेस्टेरोन र ईस्ट्रोजनको मात्रा एक्कासि तल झर्छ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ ।
 
 
मानव जीवन सुरु हुन तयार भएका यी तन्तुलाई कुनै पनि हालतमा फोहर वा दूषित भन्न मिल्ने ठाउँ छैन, तर यो पक्कै हो कि यसलाई समयमै सफा गरिएन भने त्यसमा रोग उत्पन्न गर्ने जीवाणुको वृद्धि हुनसक्छ । महिनावारीका बेला स्वस्थ पुरुष तथा महिलाबीच हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन ।
 
महिनावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट रगत बाहिर आउँछ । पाठेघरको मुखले हत्तपत्त बाहिर आइसकेको कुरालाई यहाँसम्म कि कतिपय सूक्ष्म जीवलाई समेत भित्र जान दिँदैन । यस हिसाबले महिनावारीका बेला भएको यौनसम्पर्कलाई तपाईंको समस्याको कारण मान्ने पर्याप्त आधार छैन ।
 
 
महिनावारीमा यौनसम्पर्क राख्नु हुँदैन भन्ने सोचले गहिरो प्रभाव पारेको छ भने यौनाङ्ग वा त्यसभन्दा अन्य अङ्गमा आउने समस्याको दोष त्यसैलाई दिइन्छ जुन आफैंमा ठीक होइन । 
 
 
खटिरा आउनुको कारण के हुन सक्ला ? 
 
 
लिंगमा खटिरा आउने अनेकन् कारण हुन सक्छन्, जुन धेरैजसो हानिकारक हुँदैनन् र यस्तोमा उपचारको आवश्यकता पर्दैन भने अरूमा सही निदान र उपचारको आवश्यकता पर्छ । यस्ता कारणमध्ये केही प्रमुख कारणहरु निम्न छन्। 
 
१. Pearly penile papules : मासु रंगका स–साना गिर्खा लिंग मुण्डको घेरामा आउँछन् । यो सामान्य कुरा हो । यसको उपचारको आवश्यकता पर्दैन ।
 
२.  Fordyce spots : यो पहेंलो वा सेतो रंगको दागजस्तो हुन्छ । यो लिंग मुण्ड वा शरीर (कजबात) मा आउन सक्छ । यी समान्यत: यी हानिरहित हुन्छन् र यसमा उपचारको आवश्यकता पर्दैन ।
 
३.  Lymphocele :  यौनसम्पर्क वा हस्तमैथुनपछि लिंगको कजबात मा अकस्मात कडा किसिमको सुन्निएको भाग देखिन्छ । यो लसिका नलीमा क्षणिक बाधा उत्पन्न भएका कारण आउँछ जुन केही समयपछि आफैं कम भएर जाने भएकाले यसले कुनै दीर्घकालीन असर पार्दैन । 
 
४.  Lichen planus : यो नसर्ने रोग हो । लिंगसहित शरीरमा चिलाउने, राता गिर्खा आउँछन् ।
 
५. जननेन्द्रियको मुसा : साना मासु पलाएको वा गिर्खा जस्तो कुरा Shaft वा कहिलेकाहीं लिंग मुण्ड वा अग्रचर्मको भित्र तिर पनि आउन सक्छ । यो यौन रोग हो ।
 
6.  घाउ : स्पष्ट रुपमा मासु पलाउने भन्दा पनि हर्पिसमा दुख्ने किसिमको पानी फोका आउँछ भने सिफिलिसमा नदुख्ने किसिमको घाउ आउँछ । 
 
 
 यो विषाणुको संक्रमण हो । स–साना कडा अलिकति उठेका विमिरा जस्तो समूह आउँछ । यो लिंगको साथै काछमा पनि आउन सक्छ ।
 
 
8. लिंगको क्यान्सर : विरलै हुने भए पनि यसमा घाउ वा गिर्खा आउन सक्छ । यो विशेष गरेर लिंगको मुण्डमा आउँछ ।