Trending :
 

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र निर्माण जारी नै रहेको अमेरिकाको दाबी :

श्रावण १५,२०७५

-

साउन १५, २०७५
काठमाण्डौ
 
 
उत्तर कोरियाले लामो दूरीसम्म प्रहार गर्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उधृत गर्दै भूउपग्रहबाट हालैका सातामा खिचिएका तस्वीरलार्इ आधार बनाएर नयाँ तथ्य बाहिर आएको हो ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तासँगै आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो ।
 
शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले अबका दिनहरुमा प्योङयाङबाट आणविक खतरा नरहेको बताएका थिए । तर, किमले मुलुकको आणविक र क्षेप्यास्त्र कार्यक्रम रद्द गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिएनन् । यससँगै प्योङयाङले सम्झौता विपरित कम्तीमा दुई ओटा तरल–इन्धनयुक्त ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको देखिएको छ ।