Trending :
 
'सिंहदरबार–२’ टेलिशृंखला युट्युबबाट पनि सार्वजनिक गरिने

श्रावण १५,२०७५

-

साउन १५, २०७५ काठमाण्डौ ।
 
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको बहुप्रतीक्षित ‘सिंहदरबार–२’ टेलिशृंखला युट्युबबाट पनि सार्वजनिक गरियको छ ।
 
हरेक शनिबार बेलुका नेपाल टेलिभिजनमा प्रसारण हुने शृंखला प्रसारणलगत्तै युट्युबमा पनि हेर्न सकिने भएको छ ।
 
करिब साढे २ वर्षअघि उत्पादन तथा प्रसारण गरिएको टेलिशृंखलाको पहिलो सिजनको निरन्तरताका रूपमा सर्च नेपालले दोस्रो सिजनको निर्माण गरी प्रसारण थालेको हो ।
 
टेलिशृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ ।
 
देशको संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई कार्यान्वयन गर्न महिला प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरालाई दोस्रो सिजनमा देखाइएको छ ।
 
नवीन सुब्बाले निर्देशन गरेको टेलिशृंखलामा गौरी मल्ल, रमेशरञ्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाललगायत कलाकारको अभिनय छ ।