पादको बारेमा रोचक तथ्य :

पादमा आगो लाग्न सक्छ भने मानिसहरुले यसलाई सुंघ्ने गर्दथे

श्रावण १५,२०७५

-माधव प्रसाद गर्तौला

 

 

 

1.शरीरमा जब पाद बनेर तैयार हुन्छ त्यस समय यसको तापमान ९८.६ ०F हुन्छ l

2. पादमा आगो लाग्न सक्छ, यसमा ज्वलनशील पदार्थ हुन्छ l

3. नुहाउने समयमा पादबाट बढ़ी दुर्गन्ध यसैले आउँछ किनकी हाम्रो नाक भिजेको अवस्थामा ज्यादा सशक्त हुन्छ l

4. पाद ५९% नाइट्रोजन, २१% हाइड्रोजन, ९% कार्बनडाइअक्साइड, ७% मिथेन, ३% अक्सीजन, र १% फाल्तु चीजहरु मिलेर बनेको हुन्छ l

5. पादको कारणले गर्दा मानिसको ब्लड प्रेशर कंट्रोलमा रहन्छ, साथै यो स्वास्थ्यको लागि फाइदाजनक पनि हो l

6. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ, किनकी यसको ग्यांस मस्तिष्कमा गएर टाउको दुख्ने कारण बन्न सक्छ l रोकिएको पाद निद्रामा अवश्य नै निस्कन्छ l

7. ब्लू व्हेलले पादेपछि जुन बुलबुला बंदछ त्यो यति धेरै चौड़ा हुन्छ कि त्यसमा एउटा घोडा अटाउन सक्छ l

8. पृथ्वीमा रहेका सबै जीव-जंतुहरुमा सबै भन्दा ज्यादा पाद धमिराले पाद्छ l साथै यसले गाईले भन्दा पनि ज्यादा मिथेन छोड्छ l

10. कुकुरहरुमा यति धेरै क्षमता हुन्छ कि उसले आफ्नो पाद पनि हेर्न सक्छ l

11. एउटा सामान्य मान्छेले एक दिनमा लगभग १४ पटक पाद्ने गर्छ भने पूरा जीवनमा लगभग ४०२,००० पटक पाद्छ l

12.मानिसको पछाड़ीबाट निस्कने पादको स्पीड १०Ft/ Sec हुन्छ, यसले केकमा लागेको मैंनबत्ती सजिलै निभाउन सक्छ l

13. यस्ता औषधिहरु पनि पाइन्छन् जसलाई खाएपछि तपाईको पादबाट गुलाब र चकलेटको जस्तो सुगंध आउँछ l

14.मानिसलाई सबैभन्दा ज्यादा पाद गेडागुडी खाएपछि आउँछ l

15.फ्लोरिडामा एउटा १३ वर्षको बालकलाई स्कूलमा धेरै पाद्यो भनेर पक्राउ गरिएको थियो l

16. अंतरिक्षमा जाने यात्रीहरुले पाद्न सक्दैनन्, किनकी त्यहाँ पेटमा रहेका द्रव्यबाट ग्यांसलाई अलग गर्नको लागि गुरुत्वाकर्षण बल नै हुँदैन l

17. मानिसको पादबाट दुर्गन्ध आउनुको कारण पादमा रहेको १% भन्दा पनि कम Hydrogen Sulfide हुनाले हो l

18. यदि कुनै मानिसले ६ वर्ष ९ महिनासम्म लगातार पाद्यो भने एउटा एटम बम जती इनर्जी प्रोड्यूस गर्न सक्छ l

19. चिम्पांजीले यति जोडले लगातार पाद्छन् कि वैज्ञानिकहरु यसै पादलाई फलो गरेर यिनिहरुलाई जंगलमा समात्ने गर्छन् ।

20. यदि एक जना मानिसलाई उसकै पादले भरिएको एउटा च्याम्बरमा बंद गरियो भने पनि निस्सासियेर मर्दैन l

21. यस पृथ्वीमा रहेका सबै मानिसहरूले एक वर्षमा लगभग १७,०००,०००,०००,००००,०००० पटक पाद्छन् l

22. मानिसलाई मरेको ३ घंटापछि पनि पाद आउन सक्छ l