Trending :
 

डा केसीलार्इ ६ दिनपछि आइसियुबाट वार्डमा सारियो

श्रावण १६,२०७५

-

 साउन १६, २०७५ काठमाडौं । 
 
२७ दिन  सम्म अनसन गरेका डा गोविन्द केसीलार्इ ६ दिनसम्म आइसियुमा राखेर उपचार गरेपछि मंगलबार वार्डमा सारिएको छ।
 
 उनलाई लामो समयसम्मको अनसनका कारण शरिरमा आएका विभिन्न  समस्याहरुको उपचार गर्न  आइसियुमा राखिएको थियो । 
विशेष गरी रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोशिकाको संख्या निकै न्यून भएका कारण चिकित्सकको सल्लाह बमोजिम डा.केसीलार्इ आइसियुमा राखिएको थियो ।
 
मङ्गलबार गरिएको रगतको परिक्षण र इसिजिमा सुधारका संकेतहरु देखिनासाथ उहाँलाइ वार्डमा सारिएको छ ।
 
अझै पनि सन्तोषजनक रुपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप मेन्टेन नभएको र नसाबाट विभिन्न खाले औषधि दिइरहनु पर्ने भएका कारण अस्पातालकै मेडिसिन विभाग अन्तर्गत भर्ना गरि डा.केसीको उपचार भइरहेको छ ।
 
उनलाइ डिस्चार्ज गर्न अझै एक हप्ता कुर्नुपर्ने र सम्पूर्ण रुपमा निको हुन ४–५ हप्ता लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ ।