Trending :
 

दुबै कोरियाबीच तनाब कम गर्न सैनिक तहमा छलफल हुने

श्रावण १६,२०७५

-

साउन १६, २०७५
काठमाण्डौ
 
 
 
उत्तर कोरियाका तर्फबाट लेफ्टीनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ ।
 
पर्यवेक्षकहरुका अनुसार, दुवै पक्षले पानमुनजोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए) लाई हातहतियारविहीन बनाउनेतर्फ विचार आदानप्रदान गर्न सक्नेछन् । उनीहरुले डिएमजेडलाई “शान्ति क्षेत्र” का रुपमा घोषणा गर्न सक्नेछन् । यस विषयमा गत महिनाको वार्तामा पनि परिचर्चा भएको थियो ।
 
उनीहरुबीच सीमावर्ती पोस्टमा तैनाथ सैनिक र उपकरणहरु “परीक्षणका रुपमा” हटाउने विषयमा दक्षिण कोरियाली प्रस्तावमाथि पनि छलफल हुने सम्भावना रहेको छ । दक्षिण कोरियाले डिएमजेडमा करिब ६० वटा सैनिक पोस्ट स्थापना गरेको छ, जबकी उत्तर कोरियाली १६० वटा त्यस्ता पोस्ट खडा गरेको छ ।
 
पर्यवेक्षकहरुले उत्तरी सामुद्रिक सीमाका विषयमा समेत शान्ति रेखा कायम गर्न दुवै पक्ष सहमत हुने सम्भावना औंल्याएका छन् । उनीहरुबीच सन् १९५०–५३ को कोरियाली युद्धका क्रममा मारिएका सैनिकका अवशेषको खोजी गर्नेसम्बन्धी एक परियोजनामा सहमति जनाउने सम्भावना छ ।
 
झण्डै एक दशकपछि बसेको गत महिनाको वार्तामा सैनिक सञ्चार खुला गर्ने विषयमा सहमति भएको थियो । 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News