अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १९,२०७४
- एएफपी
१९,वैशाख,२०७४-
अमेरिकी समर्थनमामा रहेको सेनाद्वारा सिरियाको एक ऐतिहासिक सहर तब्काको अधिकांश क्षेत्रलाई कब्जा गरेको छ Iयो सहर इस्लामिक स्टेट समूहको कब्जा थियो । करिब एक साताअघि तब्का सहरमा प्रवेश गरेका अमेरिकी समर्थन रहेको सिरियन डेमोक्रयाटिक फोसेस (एसडीएफ) ले सहरको ८० प्रतिशत भाग कब्जामा लिएको सोमबार मानव अधिकारवादी समूहले जनाएको छ ।
तब्का सिरियाको राका सहरबाट ५५ किमि उत्तरमा पर्छ । आईएस लडाकुको कब्जामा रहेको तब्का सहर एसडीएफले अहिले ८० प्रतिशतभन्दा बढी कब्जामा लिएको सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले जानकारी दिएका छन् । एसडीएफ अरब र कुर्दिस सेना संयुक्त रूपमा रहेका छन् ।
त्यसैगरी सिरियामा २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असदको राजीनामा माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गृहयुद्धमा परिणत भएको थियो । गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहरू हाबी हुंदै गएका थिए । २०११ देखि हालसम्म सिरियामा जारी द्वन्द्वमा परी ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
तसर्थ, त्यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् । लाखौंले आफ्नो घर छोडी देश–विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । यसैबीच, सिन्हवाका अनुसार सिरिया र इराकमा आईएस लडाकुविरुद्ध जारी अमेरिका आबद्ध हवाई आक्रमणमा कम्तीमा ३ सय ५२ सर्वसाधारणको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
सिरिया र इराकमा २०१४ अगस्टदेखि २०१७ मार्चसम्म भएका आक्रमणमा ती सर्वसाधारण मारिएका थिए । आईएस लडाकुविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्यांक आइतबार सार्वजनिक भएको हो । यसका साथै पेन्टागनका अनुसार २०१६ नोभेम्बरबाट २०१७ मार्चसम्म भएका आईएसविरुद्ध जारी रहेको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार