अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १९,२०७४
- एएफपी
वैशाख,१९-
उत्तरी कोरियाले हालै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पूर्णरूपमा अस्वीकार्य भएको जापानी प्रधानमन्त्री सिन्जो आबेले बताएका छन् । लन्डनको भ्रमणमा रहेका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको उल्लेख गरे ।
यसका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएको केही समयपछि नै उत्तर कोरियाले पुन: एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । तर उक्त परीक्षण सफल भने हुन सकेन ।
यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि बिफल भएको थियो । त्यसैगरी प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा शनिबार बिहान उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिएका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार