मुम्बई, संजय दत्तको जीवनीमा आधारित 'सञ्जुु'मा गरेको कामका लागि तारिफ बटुलेका रणवीर कपुरले संजय दत्तले २७ वर्ष अगाडी अभिनय गरेको हिट फिल्म 'सडक'को रिमेकमा काम गर्ने भएका छन् ।
फिल्मको रिमेक बन्ने घोषणा सो फिल्मका निर्माता-निर्देशक महेश भट्टले गत वर्ष नै गरेका थिए । अब सो फिल्मको रिलिज मितिसमेत घोषणा भएको छ । भारतीय संचारमाध्यमका अनुसार फिल्म आगामी वर्ष नोभेम्बर १९ मा रिलिज हुनेछ । बलिउड फिल्मका बजार विश्लेषक तरण आदर्शले गरेको ट्वीटलाई आधार मान्दै सो कुरा लेखेका हुन् ।
संजय दत्त र पूजा भट्टको मुख्य भूमिका रहेको फिल्म सन् १९९१ मा रिलिज भएको थियो । फिल्म १९७५ मा रिलिज भएको हलिउड फिल्म (ट्याक्सी ड्राइभर) अघोषित रिमेक थियो। भारतीय संचारमाध्यमका अनुसार फिल्ममा आलिया भट्ट तथा रणवीरको जोडी आउने प्रबल सम्भावना छ ।
उनीहरूबीच हाल प्रेम चलिरहेको चर्चा छ । यदि 'सडक 2' मा एकसाथ आएमा यो उनीहरूको साथसाथमा दोश्रो फिल्म हुनेछ । उनीहरूको जोडी छिट्टै नै 'ब्रम्हास्त्र' फिल्ममा देखिनेछ ।
हाल आलिया र रणवीरको चर्चा सुरू भएपनि यसअघि संजय र पूजा नै फिल्ममा हुने चर्चा पनि चलेको थियो ।