Trending :
 

आठौँ हारसंगै बैंगलोर प्लेअफबाट बाहिर

मुम्बई इंडियन्स प्ले अफमा पुग्ने पहिलो टिम

बैशाख १९,२०७४

-

वैशाख १९ –

आईपियल अन्तर्गत हिजो भएको खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ५ विकेटले पराजित गरे संगै प्ले अफमा पुग्ने पहिलो टिम बन्न सफल पुगेको छ । उता आठौँ हार बेहोरेको बैंगलोर, पुनेले गुजराताई हराएसँगै प्लेअफबाट बाहिरिएको छ ।

१० खेलबाट ८ जित हात पारेको मुम्बई १६ अंक जोड्दै प्लेअफ नजिक पुगेको हो ।

घरेलु मैदान वाङखडे स्टेडियममा भएको खेलमा मुम्बईले १६३ रनको लक्ष्य पछ्याउदै बेङ्लोरलाई १९.५ ओवरमै ५ विकेटले पराजित गर्दै पूरा गर्‌यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले नटआउट ५६ रन बनाए। यस्तै जोस बटलरले ३३ तथा नितिश रानाले २७ रनको बनाए। बैंगलोरका पवन नेगीले मुम्बईको २ विकेट लिए ।

जितसंगै अब बाँकी ४ मध्ये एक खेल मात्र जितेपनि मुम्बईको प्लेअफ सुरक्षित हुनेछ ।

उता बैंगलोरका लागि एबि डिभिलिएर्सले ४५ तथा पवन नेगीले ३५ रन बनाए । कप्तान विराट कोहली १४ बलमा २ छक्काको सहयोगले २० रन बनाउदै छिट्टै आउट हुन् पुगे । मुम्बईका मिचेन म्याकलेनघानले ३ तथा क्रुनल पाण्ड्याले २ विकेट लिए ।

यस्तै हिजो भएको खेलमा राइजिङ पुने सुपर जायन्ट्सले आइपीएलमा गुजरात लायन्सलाई ५ विकेटले पराजित गरेको छ । पुनेले गुजराताई हराएसँगै रोएल च्यालेन्जर्स बैंगलोर भने प्लेअफबाट बाहिरिएको छ ।

१० खेलबाट १२ अंक झोडेको पुने अंक तालिकामा चौथो स्थानमा कायमै छ र प्लेअफको सम्भावना कायमै राखेको छ । १० खेलबाट ६ अंक मात्र जोडेको गुजरात भने छैटौँ स्थानमा छ र प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ।