Trending :
 

यसोदा फुड्सको डिलर मिट सम्पन्न

श्रावण १७,२०७५

-

 
साउन १७, २०७५ काठमाडौं
 
तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले अधिकृत विक्रेताहरुको डिलर मिट कार्यक्रमको आयोजना गरेको छ । शनिबार आयोजित “सम्बन्धहरुको रौनक” नामक उक्त कार्यक्रममा यशोदा फुड्सका सम्पूर्ण अधिकृत विक्रेताहरुको सहभागिता रहेको थियो । करेन्ट चाउचाउकी मोडल तथा चर्चित नायिका सन्ध्या केसीले सो कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
 
कम्पनीले आफ्ना उत्कृष्ट उत्पादनहरु विक्री वितरणको संजाल काठमाडौंबाहेक सबै क्षेत्रहरुमा बनाइसकेको अवस्थामा साउन १५ गते मंगलबारबाट काठमाडौं उपत्यकामा पनि बिक्री वितरणको संजाल बनाई बिक्री शुभारम्भ गरेको जानकारी दिइएको थियो ।