बैशाख १९,२०७४
-
वैशाख १९ -
राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले फिल्म 'प्रेमगीत २'को सोमबार विश्वव्यापी कभर गीत प्रतियोगिताको घोषणा गरेको छ ।
फिल्म युनिटले फिल्मको शीर्ष गीत 'कहानी यो प्रेमगीतको' माथी कभर गीत गायन प्रतियोगिताको घोषणा गरेको हो ।
यस अगाडी “प्रेम गीत” निर्माणको बेला पनि यस्तै प्रतियोगिताको आयोजना गरेको थियो जसमा सागर संसार राई बिजेता घोषित भएका थिए र उनले यति बेला “प्रेम गीत २” मा गीत गाउने अवसर समेत प्राप्त गरेका छन् ।
फिल्म निर्माण युनिटले महिला र पुरुषको फरक फरक प्रतियोगिता रहने जनाएको छ । प्रतिस्पर्धाका बिजेताले एक लाख नगद पुरस्कार सहित गायन मौका समेत पाउनेछन् ।
प्रतियोगिताका लागि असार २० गतेसम्ममा प्रतियोगीले आफ्नो व्यक्तिगत विवरण सहित कभर गीतलाई फिल्म निर्माण कम्पनी आयुशेन फिल्मसमा बुझाउन पर्नेछ ।
प्रतियोगिताको बारेमा कार्यक्रममा निर्देशक तथा लेखक निर्देशक रामशरण पाठकले बिस्तृत जानकारी दिएका थिए जसको उल्लेखित विवरण यस प्रकार छ ।
प्रेमगीत २ कभर संग विश्वव्यापी प्रतियोगिता – २०७४ बैशाख १८
*विश्वको जुनसुकै ठाउबाट प्रतियोगीले “प्रेमगीत २” को शिर्ष गीत “ कहानी यो प्रेमगीतको” गाउन सक्नु हुनेछ ।
*प्रतियोगीले गाउदा जुनसुकै Musial Instruments, video recording devices वा Highlights Nepal को youtube channel मा उपलब्ध lyrical track लाई download गरी प्रयोग गर्न सक्नु हुनेछ ।
*प्रतियोगीले गाएको भिडियो यही वैशाख १८ देखी असार २० गते सम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ र यसको लिंक सहित आफ्नो व्यक्तिगत विवरण aasusenfilm@gmail.com मा पठाउनु पर्नेछ ।
*प्रतियोगीले पठाएको भिडियोलाई आसुसेन फिल्मसले यही असार ३० गतेदेखी Highlights Nepal को official youtube channel मा अपलोड गर्नेछ ।
*Highlights Nepal को official youtube channel मा अपलोड भएको video को भ्युज मात्र गणना हुनेछ ।
प्रतियोगीले श्रावन २५ सम्म आफ्नो भिडियोको प्रचारप्रसार गरी भ्युज बढाउन सक्नुहुनेछ ।
*भाद्र १ गते भब्य समारोहका बीच विजेता घोषित गरिने छ ।
*प्रतियोगीबाट प्राप्त भिडियो Highlights Nepal को Official youtube channel मा अपलोड भएपछी आसुसेन फिल्मसले यसको लिंक सम्बन्धित प्रतियोगीलाई पठाउने छ ।
*Youtube views बाट १० जना र निर्णायक मण्डलले दिने Wild cards बाट ५ जनाको प्रवेश सहित जम्मा १५ जना प्रतियोगीहरु अन्तिम चरण ( Grand Finale ) को लागी छानिनु हुनेछ ।
*छानिएका प्रतियोगीहरुले निर्णायक मण्डल सामु आफ्नो गायन प्रतिभाको प्रदर्शन गर्नु पर्नेछ र निर्णायक मण्डलकै निर्णयको आधारमा एकजना पुरुष र एकजना महिलालाई विजेता घोषणा गरिनेछ ।
*विजेता दुबैले जनही १ / १ लाख सहित आसुसेन फिल्मसले निर्माण गर्ने आगामी चलचित्रमा गाउने अवसर प्राप्त गर्नु हुनेछ ।
*विदेश तथा काठमाडौँ उपत्यका बाहिरबाट उत्कृट १५ मा छानिनुहुने प्रतियोगीहरुको लागी आसुसेन फिल्मसले आवासको ब्यबस्था गर्नेछ ।
प्रमुख समाचार