Trending :
 

बडिगार्डलाई करोडौँ तिर्ने बलिउडका पाँच स्टार

श्रावण १८,२०७५

-

 
 
 
 
 
 
सलमान खान
 
बलिउडका भाइजान अर्थात् सुपरस्टार सलमान खान पनि व्यक्तिगत सुरक्षाका लागि बढी रकम खर्चिने कलाकारमा पर्छन् । विभिन्न कारणले विवादमा तानिइरहने उनको सुरक्षाका लागि विगत २० वर्षदेखि सेरा खटिइरहेका छन् । जसका लागि सलमानले सेरालाई वार्षिक दुई करोड भारतीय रुपैयाँ दिने गरेका छन् । सलमानले सेराका छोरालाई बलिउडमा डेब्यु गराउने खबर पनि बाहिर आएको छ ।
 
अक्षयकुमार
 
सुरस्टार अक्षयकुमारलाई बलिउडका खेलाडी भनेर पनि चिनिन्छ । उनी वार्षिक तीन–चारवटा हिट फिल्म दिइरहेका हुन्छन् । उनी आफ्नो सुरक्षाका लागि मोटो रकम छुट्याउँछन् । अक्षयले आफ्नो सुरक्षा अहिले श्रेयासे थेले अकालेमार्फत गरिरहेका छन् । जसका लागि अक्षयले श्रेयासेलाई वार्षिक एक करोड २० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गर्छन् ।
 
शाहरुख खान
 
बलिउडका किङ अफ रोमान्स शाहरुख खानले रोमान्टिक विधाका सुपरहिट फिल्म दिएका छन् । युवा–युवतीका लागि उनी रोल मोडल हुन् । उनी आफ्नो सुरक्षाका लागि बलिउडमा सबैभन्दा बढी रकम खर्च गर्छन् । उनले सुरक्षाका लागि रवि सिंहलाई वार्षिक दुई करोड ५० लाख तलब उपलब्ध गराउने गरेका छन् ।
 
अमिताभ बच्चन
 
सुरक्षा खर्चका मामलामा शीर्ष पाँचभित्र पर्छन्, बलिउड महानायक अमिताभ बच्चन । उनी ७५ वर्ष नाघिसक्दा पनि उत्तिकै सक्रिय छन् । उनको क्रेज पनि उत्तिकै छ । उनले सुरक्षाका लागि भनेर जितेन्द्र सिन्देलाई नियुक्त गरेका छन् । हरेक सार्वजनिक कार्यक्रमदेखि जुनसुकै स्थानमा अमिताभलाई जोगाउनु जितेन्द्रको जिम्मेवारी हो । यसका लागि अमिताभले जितेन्द्रलाई वार्षिक एक करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।
 
आमिर खान
 
मिस्टर पर्फेक्सनिस्ट उपनाम पाएका बलिउड सुपरस्टार आमिर खान सन् १९८८ मा प्रदर्शन भएको ‘कयामत से कयामत तक’बाट एकाएक उदाए । यसपछि भने उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । हरेकपटक उनले व्यावसायिक र समीक्षात्मक रूपले सुपरहिट फिल्म दिएका छन् । उनले आफ्नो सुरक्षाका लागि पनि उत्तिकै खर्च गर्ने गरेका छन् । उनको सुरक्षाको जिम्मा युवराज घोरपन्डेले सम्हालिरहेका छन् । जसका लागि आमिरले वार्षिक दुई करोड भारु दिने गरेका छन् ।

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News