अनुहार चम्काउन भन्दै कुकुरको मुत्रपान !

श्रावण १९,२०७५

-

 
 
 
नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् । सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।
 
 
उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु रु मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’ त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् ।
 
एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए । ’कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ ।
 
 
स्मरणरहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News