प्रेमीसँग रंगेहात भेटिएकी महिलाले पतिकै लिंग खाईदिइन्

श्रावण १९,२०७५

-

साउन १९, २०७५ एजेंसी
 
एक भारतीय महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छिन् । प्रेमीसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेको रिसमा उनले पतिकै लिंग टोकिदिएकी हुन् । दक्षिण भारतको भेल्लोर जिल्लाको एक गाउँमा बस्ने ४५ वर्षिया जयन्ती नामकी महिलालाई पतिको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाइएको छ ।
 
 
स्थानीय प्रहरीका अनुसार उनी आफ्नो पति ५५ वर्षीय सेन्तामराइसँग गाँउ नजिकैको थुराइमोला गाउँको मन्दिरमा लागेको मेलामा गएकी थिइन् । मेला चलिरहेको बेलामा दिउँसो साँढे एक बजेतिर जयन्तीले पतिसँग फ्रेस हुन बाहिर जान्छु भनेर गइन् । फ्रेस हुन भनेर गएकी पत्नी जब धेरैबेरसम्म फर्किइनन्, सेन्तामराइ पत्नीलाई खोज्न मन्दिरबाट बाहिर निस्किए । त्यसक्रममा उनले आफ्नी पत्नीलाई अर्कै गाउँका धनचनमुर्तीसँग आपत्तिजनक अवस्थामा भेटे ।
 
 
उनले दुवैलाई समातेर उनीहरुको अवैध सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिने धम्की दिए । तीन जनाबीच घम्साघम्सी हुँदा सेन्तामराइको धोती खुस्कियो । घटना सार्वजनिक भएमा आफ्नो बेइज्जत हुने र उस्तै परे आक्रोशित गाउँलेहरुबाट पिटाई खाने डरले जयन्तीले पतिको लिंग टोकिदिइन् र क्षतविक्षत बनाइदिइन् ।
 
 
उनले यति जोडले टोकिदिइन् कि लिंगको केहि भाग नै चुँडियो र पति पीडाले छटपटाउन थाले । त्यही मौकामा जयन्ती र उनका प्रेमी भने त्यहाँबाट भागे । सेन्तामराइलाई अरुले चेन्नईको एक अस्पतालमा लगियो । त्यहाँ उनको उपचार भइरहेको छ ।
 
 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News