Trending :
 

सहायता रकम वृद्धि गर्न सरकारले दात्तृ निकायसँग आग्रह गर्ने

श्रावण १९,२०७५

-

साउन १९, २०७५ काठमाण्डौ
 
 
सरकारले संघीय संरचना कार्यान्वयनका लागि दात्तृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । आर्थिक पत्रकारहरुको संगठन सेजनले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा अर्थ सचिव राजन खनालले दातृ निकायले उपलब्ध गराउने ५ वर्षे सहायता सम्बन्धमा छुट्टै छलफल गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए । विशेष गरेर संघीय संरचना कार्यान्यनका लागि सहायता रकम बढाउन आग्रह गर्ने गरि दातृ निकायको सम्मेलन गर्ने तयारी मन्त्रालयले गरिरहेको उनले स्पष्ट पारे ।
 
 
 
अर्थसचिव खनालले अहिलेको बजेट पुर्ण वित्तीय संघियताको बजेट भएको बताए । प्रशासन, राजश्वका दरहरुको अभ्यास गर्ने काम तीनै तहमा सँगसँगै भईरहेको पनि उनले स्पष्ट पारे ।
 
सेजनले आर्थिक बिटका पत्रकारहरुका लागि प्रभावकारी आर्थिक समाचार लेखन र सम्पादन विषयक कार्यशाला गरेको हो ।