Trending :
 

ड्रग्सको नशामा अमेरिकी गायिका :डेमी

श्रावण १९,२०७५

-

साउन १९, २०७५ एजेंसी
 
 
 
 
चर्चित अमेरिकी गायिका डेमी लोमाटो ड्रग्स नशामा फसेकी छिन् । हिरोइनको ओभरडोजका कारण उनी अस्पताल भर्ना हुनपरेको थियो । अब कुलतबाट मुक्ति पाउनका लागि उनी सुधार केन्द्र जान तयार छिन् । उनले यसै साता अस्पताल छाड्ने बताइएको छ ।
 
 
 
२५ वर्षीया यी अभिनेत्रीले १७ वर्षकै उमेरबाट कोकिन सेवन गर्न थालेको खुलासा आफैँ गरेकी थिइन् । १८ वर्षको उमेरमा पनि उनी सुधारगृह गरेकी थिइन् । त्यसअघि उनको मानसिक अवस्था निकै कमजोर थियो ।
 
डिप्रेसन, खानाको समस्या तथा आफैँमाथि आक्रमण गर्ने खतरनाक स्वभावसँग डेमीले जुध्दै आएकी छिन् । परिवारले उनलाई कुलतबाट मुक्त गराउनका लागि लामो समयदेखि धेरै प्रयास गरिरहेको छ।