नेपोललाई लिभरपुलले ५–० ले हरायो
-
साउन २०, २०७५ एजेन्सी ।
इंङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब नेपोलीमाथि फराकिलो जित निकालेको छ।
शनिबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले नेपोलीमाथि ५ – ० जित निकालेको हो।
डुब्लीनमा भएको खेलमा लिभरपुललाई जिताउन जेम्स मिल्नर, जर्जिनियो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक(एक गोल गरे।
खेलको चौथो मिनेटमा मिल्नरले गोलबाट अग्रता लिएको लिभरपुलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा थप तीन गोल गरेको थियो।
खेलको नवौं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुल पहिलो हाफमा २–० को अग्रता बनाएका थिए।
दोस्रो हाफमा थप आक्रमक देखिएको लिभरपुलले खेलको ५८ औं मिनेटमा सलाहको गोलबाट अग्रता ३(० मा पुर्यायो।
त्यसपछि खेलको ७३ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ४ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा मोरेनोले गोल गर्दै लिभरपुललाई ५ – ० को फराकिलो जित दिलाए ।
इंग्लिस प्रिमियर लिगको प्रि(सिजन तयारीमा रहेको लिभरपुलले इटालियन सिरी ए को तयारीमा रहेको नेपोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो। एजेन्सी ।