Trending :
 

एक हजारौं टेष्टमा भारतविरुद्धको इंग्ल्यान्डको जित

श्रावण २०,२०७५

-

साउन २०, २०७५ एजेन्सी ।
 
आफ्नो  एक हजारौँ ऐतिहासिक टेष्टमा इंङ्ग्यालण्डले भारतमाथि सनसनीपूर्ण जित हासिल गरेको छ ।
 
एक दिनको खेल बाँकी रहँदै घरेलु टोलीले ३१ रनले जित हात परेको हो ।
 
दोस्रो इनिङ्समा १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १ सय ६२ रनमा समेटिएपछि जित सम्भव भएको हो ।
 
५ विकेटको नोक्सानीमा १ सय १० रनबाट खेल अघि बढाएको भारतले ५२ रन थप्दा बाँकी ५ विकेट गुमाएको थियो। उसका लागि कप्तान विराट कोहलीले अर्धशतक बनाएका थिए।
 
उलने ५१ रन जोड्दा हार्दिक पाण्डयले ३१, दिनेश कार्तिकले २० रन जोडे। यसअघि कोहलीले आफ्नो पहिलो इनिङ्समा शतक बनाएका थिए ।
 
भारतलाई सस्तैमा रोक्न बेन स्कोटले सर्वाधिक ४ विकेट लिए। कोहली र मोहमद सामीलाई एकै ओभरमा आउट गरेका स्टोकलेले भारतीय इनिङ्स धरापमा परेका थिए। यस्तै स्टुवार्ड बोर्ड र जेम्स एण्डरसनले समान २(२ विकेट लिएका थिए।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ८७ रन बनाएको थियो। भारतले प्रतिउत्तरमा पहिलो इनिङ्स २ सय ७४ रनमा सकेको थियो। इंग्ल्यान्डले दोस्रो इनिङ्समामा १ सय ८० रन जोड्दै भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको थियो। तर भारतले १६२ रन बनाउँदै सबै विकेट गुमाएको हो।
 
योसँगै भारतविरुद्धको पाँच टेस्टको श्रृखंगलामा घरेलु टोलीले १–० ले अग्रता बनाएको छ।
 
यो सँगै टेस्ट क्रिकेट आफ्नो १ हजारौं खेल इंग्ल्यान्डले जितेको हो।
 
सन् १९०२ बाट टेस्ट खेल्न सुरु गरेको इंग्ल्यान्डले अहिले सम्म ३ सय ५८ टेष्ट जितेको छ। ३ सय ४५ मा बराबरी खेल्दा २ सय ९७ टेष्टमा पराजय व्यहोरेको छ। एजेन्सी ।