Trending :
 

नेपाली क्रिकेट टिम सोमबार काठमाडौं फर्कदै

श्रावण २०,२०७५

-

साउन २०, २०७५ काठमाडौं, ।
 
नेपाली क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर सोमबार बिहान नेपाल फर्कँदैछ।
 
नेपाली टिम सोमबार बिहान ८ः५० बजे जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने  छन्।
 
युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससाग २ एक दिवसीय खेलेको थियो। जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो। यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो।
 
जिम्बाम्बेमा भएको विश्वकप छनोट खेलबाट एक दिवसीयको मान्यता पाएको नेपालले पहिलो पटक वान डेमा डेब्यू गरेको हो।
 
नेदरल्याण्ड भ्रमणबाट नेपाली युवा रोहित कुमार पौडेल कम उमेरमै एक दिवसीयमा डेब्यू गर्ने विश्वकै चौथो खेलाडी भएका छन्। यस्तै अलराउण्ड प्रदर्शन गरेका सोमपाल कामी एक दिवसीयमा सर्वाधिक रन लिने नेपाली खेलाडी भए। उनले दुई खेलमा ४ विकेट लिए भने एकै इनिङमा ६१ रन बनाएर नेपालका तर्फबाट कीर्तिमान रचेका छन्। पारस खड्काले कप्तानी इनिङ खेलेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पुनः फर्ममा फर्केका छन् । 
 
नेपाली टिमका युवा खेलाडी सन्दिप लामिछाने बाहे अरू खेलाडी र टिम अफिसियल भोलि फर्कन लागेका हुन्। सन्दीप क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इन्डिज ९पोर्ट अफ स्पेन० गएका छन्। युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससंग खेल्नुअघि मेरिलीबोन क्रिकेट क्लव ९एमसीसी० सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो। इंगल्याण्डको लर्डस् क्रिकेट मैदानमा भएको खेलमा नेपालले एमसिसिलाई हरायो भने नेदरल्याण्ड्ससँगको खेल वर्षाले रद्द भएको थियो।