Trending :
 

आर्थिक प्रसङ्ग

सुनको भाउ ३०० रुपयाँले घट्यो

बैशाख १९,२०७४

-

१९,वैशाख–

सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तिएको छ ।

अघिल्लो दिनको तुलनामा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ छ । यस्तै, चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

सोमवार नेपाली बजारमा सुनको भाउ तोलाको ५४ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदी प्रतितोला ७ सय ६० रुपैयाँ थियो । त्यस्तै आइतबार वजारमा सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ र चाँदी ७ सय ७० रुपैयाँ थियो ।