Trending :
 

सावधान ! प्रदूषित वायुले गर्भको बच्चा अपाङ्ग हुने खतरा

श्रावण २०,२०७५

-

साउन २०, २०७५ काठमाडौं
 
 
काठमाडौंको वायु विश्वकै प्रदूषितमध्येमा पर्छ । यहाँ वहकिने वायुमा अत्याधिक मात्रामा त्यस्ता हानिकारक कणहरु पाइएका छन्, जसले क्यान्सर जस्तो घातक रोगको जोखिम बढाउँछ ।
 
 
जबकी काठमाडौंमा हरेक क्षण एउटी गर्भवतीले बच्चा जन्माइरहेका हुन्छन् । यहाँ असंख्यौं गर्भवती छन् । यहाँको जनघनत्व अनुसार पनि सामान्य रुपमा गर्भवतीको संख्या आंकलन गर्न सकिन्छ । अब प्रश्न उठ्छ, यत्तिका प्रदू्रषित वायुमा वस्ता गर्भको बच्चालाई कुनै असर गर्छ ? यो समस्या काठमाडौंको मात्र होइन, अरु सबै शहरिय क्षेत्रको हो । अब त शहर मात्र होइन, गाउँ पनि प्रदूषित भइरहेको छ । गाउँघरतिर खाना पकाउन दाउरा बालिन्छ, त्यो पनि प्रदूषणकै एउटा रुप हो ।
 
गर्भवतीलाई स्वच्छ वायु
 
गर्भवती महिलाहरुलाई स्वच्छ हावा, सफा पानी, पोषिलो खानेकुरा अनि तनावरहित वातावरण भए गर्भको बच्चा राम्रो हुने जति जनविश्वास छ उत्ति नै वैज्ञानिक पनि । तर, हामी यसप्रति कति सजग छौ ?  हाम्रो वातारण र गतिविधिले गर्भवतीहरुलाई कति जटिलता थपिएको छ ? बहस गर्नु आवश्यक देखिएको छ ।
 
 
 
प्रदूषित वायुले बच्चा कमजोर
 
वातावरणिय प्रदुषणले मानव स्वास्थ्यमा नाकारात्मक असरहरु गर्छन् । वायु प्रदषणले मानिसको स्वास्प्रस्वास तथा आखामा असर गर्छन् भन्ने हेक्का भएर होला बजारमा मास्क र चस्माको प्रयोग बढेको देखिएको छ । तर वायु प्रदुषणका असर आँखा र फोक्सोमा मात्र सिमित रहेन छ । विभिन्न समयमा गरेको अध्ययनहरुले वायु प्रदुषको कारण गर्भको बच्चा तथा प्रजनन्मा समेत गम्भिर असर गर्ने गरेको देखिएको छ । चीनमा २००८ मा भएको एक अध्ययनले वायुप्रदुषनले गर्भको बच्चाको तौल कम भएको पुष्टि गरेको छ ।
 
विभिन्न समयमा गरेको अध्ययनहरुले वायु प्रदुषको कारण गर्भको बच्चा तथा प्रजनन्मा समेत गम्भिर असर गर्ने गरेको देखिएको छ l बच्चा जन्मिने बित्तिकैको बजन २ किलो ५ सय ग्राम देखि ४ किलोग्रामसम्म हुने गरेकोमा वायुप्रदषणले गर्दा सो तौलमा औषत कम भएको र वायुमा सामान्य सुधार आउने बित्तिकै २२ देखि २५ ग्राम बृद्धि भएको सो अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको द स्टोखोलम् ईन्भाईरोमेन्ट इन्स्टिच्युटले  प्रकाशन गरेको एक अध्ययनले  १८ प्रतिशत शिशुहरु वायु प्रदुषणका कारण गर्भको अवधि नपुग्दै जन्मिने गरेको र यसैको कारणले ती शिशुहरु शारिरीक रुपमा कमजोर रहने गरेको तर्क अघि सारेका छन् ।
 
बच्चालाई मस्तिष्क विकारको समस्या
 
अटिज्मका बारेमा धेरैले सुनेको हुनुपर्छ । बच्चाको बृद्धि तथा विकाशमा देखापर्ने यो बिशेष किसिमको समस्या हो । एक प्रकारको मस्तिष्क विकार । झट्ट हेर्दा समान्य बच्चा जस्तै देखिए तापनि २- ३ बर्षको भएका यस्ता बच्चाहरुमा समाजिक र मानसिक विकास राम्ररी भएको हुदैन र त्यसैले गर्दा अलिक फरक स्वभावका हुन्छन् । अटिज्म हुने कारणहरु अहिले पनि पुर्णरुपले पहिचान भईसकेका छैनन् l वंशानुगत तथा वातवरणिय कारणहरुले अटिज्म हुन सक्ने विज्ञहरुको धारण रहेको छ । पछिल्लो समयमा वायुप्रदुषण पनि यसका सम्भावित कारक रहेको अध्ययनहरुले देखाएको छ ।
 
गर्भवती महिलाहरु गर्भको अन्तिम ३ महिनाको समयमा सडक छेउ वा गाडिको धुँवा तथा हावामा पार्टिकुलेट पर्दाथ उच्च रहेको स्थानमा बस्नाले सो गर्भको सन्तानमा पछि अटिज्म देखिन सक्ने सम्भावाना बढि रहेको अध्ययनहरुले देखाएको छ ।
 
गर्भ तुहिन सक्छ
 
वायुप्रदुषणले प्रजनन् स्वास्थ्यमा पनि असर गर्ने हुन्छ । धेरै वटा अध्ययनहरुले प्रदुषित वातावरणमा धेरै समय बिताउनाले महिलाको मात्र होईन पुरुषको पनि प्रजनन् क्षमतामा र्‍हास आउने देखाएको छ । गर्भवतीहरुमा वायु प्रदुषणले दम वा श्वासप्रश्वासको समस्या बढाउने, गर्भ तुहाउने, उच्चरक्तचाप गराउने तथा गर्भको अवधि नपुग्दै व्यथा लाग्ने र बच्चा जन्मिने जस्ता समस्याहरु गराउन सक्ने हुन्छ । यसरी जन्मिएका बच्चाहरुमा समेत दमको समस्याले पिरोल्न सक्ने सम्भावना रहन्छ ।
 
 
वायु प्रदूषित हुनुमा हाम्रो मात्र कारण छैन । र, यसको नियन्त्रणमा हाम्रो एकल प्रयास पनि संभव छैन । अथवा प्रदूषित वायुबाट बच्नका लागि शहरबाट गाउँतिर बसाई सराई गर्न पनि संभव भएन । हाम्रा वरिपरीका हावा स्वस्थ्यकर छैन भनेर आत्तिएर समस्याको समाधान हुदैन । हाम्रो देश र छिमेकी देशहरुको वायु प्रदुषण धेरै छ, जुन एकल प्रयासबाट तुरुन्त स्वस्थ्यकर बनाउन सम्भव नहोला । तर हाम्रा आगनमा रहेका गर्भवती तथा जन्मिने बच्चाहरुमा प्रदुषित हावाको दुष्प्रभाव कम गराउने कोशिश गर्न सकिन्छ ।
 
 
सबैभन्दा महत्वपुर्ण कुरा गर्भवती महिलाले बाहिरी हावामा धेरै बस्नु, सडक छेउ तथा गाडीको धुवामा धेरै समय बिताउनु तथा धेरै कलकारखाना रहेको क्षेत्रमा बसोबास गर्नु भन्दा यस्ता अत्ति प्रदुशित क्षेत्रबाट टाढा बस्नु उत्तम हुन्छ l
 
डा. बालकृष्ण साह

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News