Trending :
 

माछापुछ्रे बैंकद्वारा एम्बुलेन्स हस्तान्तरण

श्रावण २०,२०७५

-

साउन २०, २०७५ काठमाण्डौ
 
माछापुछ्रे बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोटबासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुछ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेका छन्।
 
 
कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जय मुकुन्द खनाल र राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे।
 
शनिबार भएको सो कार्यक्रममा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो।
 
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा सहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।