Trending :
 

पाकिस्तानी सेनाद्वारा भारतीय सेनाको हत्या

शवलाई टुक्राटुक्रा पार्नु ‘गैरसैन्य’ हर्कत:भारत

बैशाख १९,२०७४

-

१९,वैशाख,नयाँ दिल्ली–

भारतीय सेनाले सोमबार विवादीत क्षेत्रको पेट्रोलिङमा रहेका आफ्ना सेनामाथि पाकिस्तानी सेनाले आक्रमण गरेको आरोप लगाएको छ।

पाकिस्तानले विवादीत क्षेत्र कस्मिरमा आफ्ना दुई सेनाको हत्या गरी शव टुक्राटुक्रा पारेको आरोप लगाएको हो।भारतले शवलाई टुक्राटुक्रा पार्नु ‘गैरसैन्य’ हर्कत भएको बताएको छ । 

पाकिस्तानले भने आरोपको खण्डन गर्दै आफ्नो सेना व्यवसायिक रहेको र सेनाको अपमान नगर्ने बताएको छ । त्यस्तै भारतका रक्षामन्त्री अरुण जेटलीले भने उक्त कार्य अमानवीय भएको र यस्तो कार्य युद्धको समयमा पनि नहुने बताएका छन् ।