Trending :
 

इन्डोनेशियामा सात म्याग्निच्युडको शक्तिशाली भूकम्प, ८२ को मृत्यु

श्रावण २१,२०७५

-

 
 साउन २१, २०७५ एजेन्सी ।
 
बीबीसी
 
इन्डोनेशियाको लोमबोक द्वीपमा आइतबार गएको  शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
 
सात म्याग्निच्युडको भूकम्पले हज्जारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती बन्द भएको छ ।
 
 लोमबोक नजिकैको द्वीपमा खिचिएको एक भिडियो फुटेजमा मानिसहरु निकै चिच्याउँदै घरबाट बाहिर निस्किरहेको देख्न सकिन्छ ।
 
लोकप्रिय पर्यटन स्थल लोमबोकमा गत हप्ता पनि एक भूकम्प गएको थियो जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
 
यूएस जियोलोजिकल सर्वेका अनुसार आइतबारको भूकम्पको केन्द्र लोमबोकको उत्तरी तट नजिकैको रहेको छ ।
 
भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको थियो तर केही घण्टाभित्रै त्यो फिर्ता लिइयो ।
 
इन्डोनेशियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ताले लोमबोकका मुख्य शहर मताराममा केही भवनमा क्षती पुगेको जानकारी दिएका छन् ।
 
बालीमा पनि झट्काः
 
बालीको राजधानी देनपसारको मुख्य अस्पतालमा बिरामीलाई बाहिर निकाल्नु परेको थियो ।
 
बालीमा थुप्रै सेकेन्डसम्म झट्का महसुस भएको थियो । बालीको देनपसारमा बस्ने एक व्यक्तिले बीबीसीलाई भने, ‘सुरुमा त सानो झट्का महसुस भएको थियो तर क्रमशः बढ्दै गयो । मानिसहरु चिच्याउन सुरु गरे । सबै कर्मचरी निकै हडबडाए र बाहिर निस्कन सुरु गरे ।
 
एजेन्सी