Trending :
 

बंगलादेशमा मोबाइल इन्टरनेट सेवा बन्द

श्रावण २१,२०७५

-

साउन २१, २०७५ एजेंसी
 
 
 
बंगलादेशमा भइरहेको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइलको इन्टरनेट सेवा बन्द गरेको छ । तीव्र गतिको एउटा सवारीसाधनको ठक्करबाट आफ्ना दुई साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बंगलादेशको राजधानी ढाकालगायतका स्थानमा विद्यार्थीले आन्दोलन चर्काइरहेका छन् ।
 
ढाकानजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्र रूप लिएपछि कम्तीमा एक सयजना घाइते भएका थिए ।प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
 
 
घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको थियो । प्रदर्शन हिंसात्मक भएसँगै शनिबारदेखि इन्टरनेट सेवा अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।