मोडल हन्टमा ५० प्रतिस्पर्धी
-
साउन २१, २०७५ काठमाडौँ
मोडल हन्ट नेपाल २०१८ का लागि ५० जना प्रतिस्पर्धी छानिएका छन् । राजधानीमा शनिबार आयोजित छनोट चरणको अडिसबाट २५ युवा र २५ युवती छानिएका हुन् । छनोट चरणमा करिब दुई सय युवायुवती सहभागी थिए ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता वृद्धिका लागि प्रतियोगिता फलदायी हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यातना पाण्डेले बताइन् ।
छानिएका प्रतियोगीलाई र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङलगायत विषयमा कोरियोग्राफर रोजिन शाक्य, पूर्वमिस नेपाल माल्भिका सुब्बा, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिलकेशरी शाहलगायतले प्रशिक्षण दिनेछन् ।