Trending :
 

अमेरिका पुगेर अर्थमन्त्रीले भने – नेपाल आएर लगानी गर्नुस्

श्रावण २१,२०७५

-

साउन २१, २०७५  रासस
 
वासिङटन डीसी । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
 
अर्थमन्त्री खतिवडाले आइतबार मेरिल्यान्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर–आवासीय नेपाली (एनआरएन) लाई लगानीको लागि आग्रह गरेका हुन् ।
 
कार्यक्रममा बोल्दै मनत्री खतिवडाले भने, ‘तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौं ।’ सरकार देश समृद्ध बनाउने अभियानमा भएकाले लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेको उनले जानकारी दिए ।
 
 
उलले सरकारले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको बताउँदै यसलाई राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पनामा गर्यो भनेर सोच्नु अतिशयोक्ति हुने बताए ।
 
उनले थपे, ‘सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर नागरिकलाई उत्पादनमा प्रोत्साहित गर्ने श्रम गर्न सक्ने र शिक्षित, सीपयुक्त र स्वस्थ्य नागरिकको योगदान खोजेका छौं ।’
 
विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न अमेरिका पुगेका अर्थमन्त्री खतिवडाले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताए ।
 
विश्वभरका दातृनिकाय र दातृसंस्थासँग छलफल गरेर नेपालको समृद्धिमा संवाहक बन्न आफूले आग्रह गर्ने उनको भनाइ थियो ।