Trending :
 

भारतको छत्तीसगढमा १४ माओवादी मारिए

श्रावण २२,२०७५

-

साउन २२, २०७५ एजेन्सी
 
भारतको छत्तीसगढको सुक्मानजिक १४ नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षा कारबाहीमा ती विद्रोही मारिएको भारतीय मिडियाहरूले जनाएका छन् । सुरक्षाकर्मीहरूले घटनास्थलबाट १६ थान हातहतियार बरामद गरेका छन् ।
 
विद्रोहीहरूले गस्ती गरिहेको अवस्थामा प्रहरीमाथि नै आक्रमण गरेका थिए । दोहोरो कारबाहीमा उनीहरू मारिएको सुक्माका प्रहरी अधिकृत अभिषेक मिनाले बताए । प्रहरीले घटनास्थलवरिपरि थप लडाकु रहेको आशंका गरेको छ । त्यस क्षेत्रमा व्यापक रूपमा खोजतलास भइरहेको उनले बताए ।
 
गत महिनामा छत्तीसगढमा दुई वर्षपछि सुरक्षाकर्मी र माओवादीबीच घमासान दोहोरो भिडन्त भएको थियो । जसमा २ सय ४७ जना माओवादी लडाकु मारिएको प्रहरी अधिकृत मिनाले जानकारी दिए ।
 
यता, नक्सलविरोधी अभियानसम्बन्धी विशेष महानिर्देशक डिएम अवस्थीले दुई वर्षभित्र सुरक्षाकर्मी र लडाकुबीच पाँच सयपटक झडप भएको बताए । यस क्रममा २ सय ८ माओवादी लडाकुको शव प्रहरीले बरामद गरेको उनले बताए ।