जापानको हिरोसिमामा दोस्रो विश्वयुद्धको स्मरण
-
साउन २२, २०७५ एजेन्सी
दोस्रो विश्वयुद्धताका आणविक बम हमलामा ध्वस्त भएको हिरोसिमामा ७३ वर्षपछि त्यही घटना स्मरण गरिएको छ । अमेरिकाले जापानको दुई प्रमुख सहरमा हाइड्रोजन बम विस्फोट गराएको थियो । जसमा हजारौँ मानिसले ज्यान गुमाउन पुगे । लाखौँ जापानी नागरिक त्यस आक्रणमबाट प्रभावित भए । जापानमा ६ अगस्टको दिनमा नरसंहारको स्मरण हुने गर्छ ।
हिरोसिमामा १९४५ अगस्ट ६ का दिन अमेरिकी विमानले बी–२९ नामको आणविक बम हिरोसिमामा खसालेको थियो । आणविक बमबाट एक लाख ४० हजार मानिसले ज्यान गुमाए । बम खसालिएको स्थानमा अहिले शान्ति स्मारक बनेको छ । त्यही स्मारकमा हजारौँ मानिसले मृतकहरूको शान्तिको कामना गरे । हिरोसिमा नगरका प्रमुख काजुमा मात्सुईले आणविक अस्त्रविनाको विश्व हुनुपर्ने आग्रह गरेको एजेन्सीहरूले जनाएका छन् । ‘हामी सबै आणविक अस्त्रविना संसार भएको हेर्न चाहन्छौँ,’ नगर प्रमुख काजुमाले भने ।
दुई फरक दिनमा आक्रमण
दोस्रो विश्वयुद्धमा जापान र अमेरिकाबीच लडाइँ भएको थियो । अमेरिकाले तीन दिनको अन्तरमा जापानको प्रमुख बन्दरगाह सहर हिरोसिमा र नागासाकीमा अणुबम खसालेको थियो । ९ अगस्टमा नागासाकीमा अमेरिकाले अन्तिमपटक बम खसाल्यो । नागासाकी हमलामा ७४ हजार जापानी नागरिकको ज्यान गयो । यस बमको प्रभावले स्वास्थ्यमा नकारात्मक असर परेको थियो । अमेरिकाले बम खसालेको ६९ वर्षपछि अमेरिकी राष्ट्रपति हिरोसिमामा पुगेका थिए । सन् २०१६ को मे महिनामा बाराक ओबामा हिरोसिमामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति थिए ।
विश्वलाई नै चुनौती
काजुमाले उत्तर कोरियातर्फ इंगित गर्दै छिमेकी मुलुकको आणविक शक्ति प्रदर्शनका कारण विश्वमै खतरा उत्पन्न भएको बताए । विभिन्न राष्ट्रमा राष्ट्रियतावादको नारा आणविक अस्त्रविनाको विश्वका लागि चुनौती भएको उनले बताए । ‘विश्वका कतिपय देशले आत्मकेन्द्रित रूपमा नै राष्ट्रियतावादको नारा दिएका छन्, यसको संरक्षणका लागि भन्दै आणविक अस्त्रहरूको आधुनिकीकरण गरिरहेका छन्,’ काजुमाले भने ।
जापानको एक मात्र नीति
विश्व अर्थतन्त्रमा जापानको प्रमुख योगदान छ । जापानले धेरै राष्ट्रमा आर्थिक सहयोग गर्दै आइरहेको छ । तर, जापानले आणविक हातहतियार उत्पादन गर्ने राष्ट्रहरूमा सहयोग नगर्ने नीति बनाएको काजुमाले स्पष्ट पारेका छन्