'हामी अब एउटा घोस्ट बेबीको पनि योजना बनाइरहेका छौं,’ : एमेथिस्ट रेएमल्म

श्रावण २२,२०७५

-

साउन २२, २०७५  एजेंसी
 
बेला बेलामा केही मानिसहरु यस्तो दाबी गर्छन् जसलाई विश्वास गर्न मुस्किल हुन्छ । केही यस्तै दाबी अमेरिकाकी ३० वर्षीया एक महिला एमेथिस्ट रेएमल्मले गरेकी छन् । उनको कुरा सुनेर धेरै मानिस तीन छक्क परेका छन्।
 
एमेथिस्ट रेएल्म स्पिरिचुअल गाइडेंस काउन्सलर हुन् । उनी दश वर्ष पहिला यसकारण चर्चामा आइन जतिबेला उनले आफू कहिल्यै पनि मानिससँग रिलेशनमा नबस्ने घोषणा गरिन् । उनले आफू विगत ११ वर्षमा २० आत्मासँग शारीरिक सम्पर्क गरिसकेको दाबी गरिन् । उनले त्यतिमात्र होइन भूतबाट बच्चा जन्माउने विषयमा पनि सोचिरहेको बताइन् ।
 
एमेथिस्टका अनुसार उनी अस्ट्रेलिया घुम्न गएकी थिइन् । एक दिन उनी जंगलको बाटो कतै जाँदै थिइन् । त्यतिबेला उनले एक अद्भुत शक्तिलाई महशुस गरिन् । ‘मैले नयाँ प्रेमी पाएको अनुभव भयो । अहिले हाम्रो सम्बन्ध निकै गहिरो भइसकेको छ । त्यो अद्भुत शक्तिले पनि मलाइ प्रेमिका महशुस गर्छन र हामीबीच कयौं पटक शारीरिक सम्बन्ध पनि भइसकेको छ,’ उनले भनिन् ।
 
 त्यसपछि उनी त्यो आत्मासँग बेलायत फर्किइन् । अहिले उनी निकै सीरियस रिलेशनशिपमा छिन् । ‘हामी अब एउटा घोस्ट बेबीको पनि योजना बनाइरहेका छौं,’ उनले भनिन् । उनका अनुसार केही महिला आत्माद्वारा गर्भवती हुन सक्छन् । तर मानव शरीर र मनले यसलाई प्रोसेस गर्न सक्दैन र गर्भ रोकिँदैन । तर उनले यो विषयमा कुनै न कुनै विकल्प निस्किने विश्वास व्यक्ति गरिन् ।
 
एमेथिस्टले दिएको एक अन्तर्वाता भनेकी छन्, ‘म आफ्नो प्रेमीसँग दश वर्ष पहिला नयाँ घरमा सरेकी हुँ । उनी केही कामले शहरभन्दा बाहिर गएका थिए । मैले आत्मालाई लोभ्याउनकालागि निकै छोटा र भड्किला कपडा लगाएकी थिएँ । त्यसपछि मलाइ अद्भुत शक्तिको अनुभव भयो । यो नै मेरो त्यो आत्मसँगको पहिलो यौन सम्पर्कको अभुभव थियो।’