काला वर्णका यी नायिकाहरु एकाएक गोरो हुनुको रहस्य !
-
साउन २२, २०७५ काठमाण्डौ
विश्वकै सबै भन्दा ठुलो चलचित्र उद्धयोग मध्ये एक रहेको छ बलिउड। बलिउडमा नाम चलेका नायिकाहरुले विश्वभरमा नाम कमाउने गरेका छन्। बलिउडमा पहिला र अहिले धेरै परिवर्तन आइसकेको छ। यति मात्र नभई अहिले प्रविधिमा पनि धेरै परिवर्तन आइसकेको अवस्था रहेको छ। अहिले अनुहारमा चमक ल्याउनको लागि सर्जरी गर्ने नायिकाहरु पनि धेरैनै रहेका छन्।
पहिला काला देखिने नायिकाहरु पनि अहिले गोरा भएर देखिने गर्छन्। आज हामी त्यस्तै केहि नायिकाहरुको बारेमा चर्चा गर्नेछौँ, जो पहिला कालो वर्णक थिए तर अहिले धेरै गोरा भएका छन्।
दीपिका पादुकोण
बलिउडमा मात्र नभई हलिउडमा समेत आफ्नो नाम बनाइसकेकी यी नायिकालाई अहिले ग्लोबल स्टारको रुपमा चिन्ने गरिन्छ। पहिला उनि कालो वर्णकि रहेकी थिइन् तर उनले स्किन लाइटनिंग ट्रीटमेन्ट गरे पछि उनको अनुहारमा चमक आएको छ।
प्रियंका चोपडा
धेरैलाई प्रियंकाको अहिलेको अनुहार र पहिलाको अनुहारमा धेरै फरक लाग्न सक्छ। पहिला कालो वर्णकी रहेकी उनि अहिले भने धेरै गोरी देखिने गर्छिन्। उनले कस्मेटिक सर्जरी गरेको बताउने गरिन्छ।
काजोल
कुनै समयकि धेरै चल्तीकी नायिका मध्य एक रहेकी थिइन् काजोल। अहिले बलिउडमा खासै नदेखिने भएता पनि उनको सुन्दरतामा भने धेरै परिवर्तन आएको बताउने गरिन्छ। यस परिवर्तन सौन्दर्य सर्जरीको कारण मात्रै आएको हो।
शिल्पा शेट्टी
आफ्नो डेब्यु चलचित्र र अहिलेमा धेरै फरक देखिने गर्छिन् शिल्पा शेट्टी। उनि पहिले भन्दा धेरै सुन्दर मात्र नभई गोरी समेत भएकी छिन्। उनले पनि आफु गोरी बन्नको लागि सर्जरी गरेकी थिइन्।