Trending :
 

धनियाँ खानुहुन्छ ? ध्यान नपुगे लिन सक्छ ज्यान !

श्रावण २२,२०७५

-

साउन २२, २०७५ काठमाण्डौ
 
 
हरियो धनियाँ प्रायः सबै परिकारमा उत्तिकै चल्ने गर्छ । दाल, तरकारी, अचार, माछा, मासु होस् कि अन्य जुनसुकै परिकारमा हरियो धनियाँ काटेर राख्ने चलन छ । यसो गर्दा खाना स्वादिस्ट हुनुका साथै कैयौँ फाइदा पनि छन्, स्वास्थ्यका लागि । तर घरबाहिर बजारमा गएर विभिन्न परिकार, जस्तै चिकेनचिल्ली, चाट आदिसँग समेत हरियो धनियाँ राखिएको हुन्छ । अझ कतिपयले त खाँदा धनियाको पात नै मागेर खाने बानी छ ।
 
 
 
यसरी बाहिर जथाभावी हरियो धनियाँ खाँदा ध्यान पुगेन भने ज्यानै लिनसक्ने हुन्छ । सही तरिकाले नपखालिएको तथा पातमा देखिनेरनदेखिने कीरा भएको हरियो धनिया काँचै खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ । खोज(अनुसन्धानबाट धनियाँको पातमा खतरनाक कीरा (टेपवर्म) को फुल वा लार्भा हुने र त्यो खानासँगै पेटमा पुग्ने पत्ता लागेको छ । पेट हुँदै दिमागसम्म समेत उक्त टेपवर्म पुग्ने विज्ञहरु बताउँछन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ ।
 
भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेस (निमहान्स) का चिकित्सकले गरेको एक शोधमा यस्तो कुरा पत्ता लागेको हो । यस इन्स्टिच्युटमा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्कसम्बन्धी शोध भइरहेको बताइएको छ। यसै क्रममा धनियाँको पातमा किरारजीवाणुको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली वा नपकाएर खाएमा स्वास्थ्यका लागि निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।