Trending :
 

अनुहारमा देखिएका समस्या बाट नै थाहा पाउनुहोस तपाई कस्तो रोगको जोखिममा हुनहुन्छ ?

श्रावण २२,२०७५

-

साउन २२, २०७५ काठमाण्डौ
 
 
बिरामी हुँदा त्यसको असर अनुहारमा प्रस्टै देखिन्छ । त्यतिखेर अनुहारको रंग फिक्का हुन्छ र अनुहारै ओइलाउँछ । शरीर कुनै रोगको फन्दामा पर्दैछ भने अनुहारले केही संकेत दिन थाल्छ ।
 
हामी यसलाई अनुहारको समस्या होला भनेर बेवास्ता गरिदिन्छौं । तर यसमा ध्यान दिएर संकेतहरूलाई चिन्न जरूरी हुन्छ । अनुहारमा कुन समस्याले के रोगको संकेत दिन्छ जानिराख्नुस् ।
 
अनुहारमा रौं
 
महिलाको अनुहार, ओठ र चिउँडोमा अनावश्यक रौं पलाए भने थाइरोइड र हर्मोन असन्तुलनको संकेत हो । विज्ञको सल्लाह लिनुहोला ।
 
अनुहार सुन्निने
 
अनुहार सुन्निएको छ भने मृगौला रोगको संकेत हो । औषधिको साइड इफेक्टले पनि अनुहार सुन्निने समस्या आउँछ ।
 
अनुहारमा सेतो दाग
 
अनुहारमा कतै कतै सेता दाग देखिए भने क्याल्सियमको कमीको संकेत हो । शरीरमा आइरनको कमी अनि पेटमा कीरा पर्दा पनि यस्ता दाग देखिन्छन् ।
 
डण्डीफोर
 
अनुहारमा लामो समयसम्म पनि डण्डीफोरले सताइरह्यो भने हर्मोनको असन्तुलनको संकेत हो । पेटसम्बन्धी रोगले पनि अनुहारमा डण्डीफोर ल्याउँछ ।
 
अनुहार पहेंलो हुनु
 
लामो समयसम्म तपाईंको अनुहारको रंग पहेंलो भएमा मृगौलाको रोगको संकेत हो । चिकित्सकको सल्लाह अवश्य लिनुस् । जन्डिस र रक्ताल्पता हुँदा पनि अनुहार पहेंलो हुन्छ ।