ओब्लाकलाई भित्र्याउन चेल्सी ८९ मिलियन पाउन्ड तिर्न तयार
-
साउन २३, २०७५ एजेन्सी ।
एथ्लेटिको मड्रिडका गोलरक्षक जान ओब्लक भित्र्याउन चेल्सी ८९ मिलियन पाउन्ड तिर्न तयार भएको छ। यदि आफ्ना नियमित गोल किपर थिबाउट कोउर्टोस प्रशिक्षणमा नफर्किए चेल्सी ओब्लाक भित्र्याउन तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यदि चेल्सीले ओल्बाकका लागि ८९ मिलियन पाउण्ड खर्च गरे उनी विश्वकै सबैभन्दा महंगा गोलरक्षक हुनेछन्।
यसअघि ब्राजिलियन गोलकिपर एलिसनलाई लिभरपुलले ६५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। उक्त रकम अहिलेसम्मकै गोलकिपरका लागि खर्चिएको सर्वाधिक रकम हो।
चेल्सीका नियमित गोलकिपर थिबाउट रियल मड्रिड जाने तयारी भइरहेको बेला चेल्सी ओल्बाक भित्र्याउने पहल थालेको हो।
बेल्जियमका २६ वर्षीय थिबाउट रूस विश्वकपका सर्वोत्कृष्ठ गोलकिपर घोषित भएका थिए।
थिबाउट रियल नगए अर्को मड्रिड क्लब एटलेटिकोसमेत जानसक्ने समाचारमा बताइएको छ।
सन् २०११ देखि चार वर्षका लागि बेल्जियम क्लब गेन्कबाट एटलेटिको लोनमा आएका थिए।
त्यसपछि सन् २०१४ मा चेल्सी आएका आएका उनले चेल्सीका लागि १५४ खेल खेल्दा ५८ क्लिनसिट राखेका छन् ।एजेन्सी