Trending :
 

इन्डोनेसियाको भूकम्पमा परि मृत्यु हुने सय पुगे

श्रावण २३,२०७५

-

 साउन २३, २०७५ एजेंसी
 
इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक सय पुगेको छ । इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तर–पश्चिममा रहेको क्षेत्रमा रहेको थियो । सो भूकम्पको गहिराइ १५ किलोमिटर मापन गरिएको थियो ।
 
भूकम्पपछि दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने २० हजार मानिस विस्थापित भएका छन् । भूकम्पका कारण घरवास गुमाएका व्यक्तिहरूलाई विभिन्न अस्थायी शिविरमा राखिएको छ । लोम्बोकमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।
 
सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । सो भूकम्पमा एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।