बलिउडका परिचित चलचित्रकर्मी करण जौहरले कुशल अभिनेता बन्नका लागि दिल टुट्नु जरुरी रहेको बताएका छन् l
आफ्नो आगामी रेडियो कार्यक्रम ‘कलिङ करण सिजन–२’को तयारी अवस्थामा रहेका चलचित्रकर्मी करण जौहरले इश्क एफएम (१०४.८) को सुभारम्भ गर्दै माया र सम्बन्धका बारेमा यस्तो बताएका हुन् । उक्त कार्यक्रममा अभिनेतृ नेहा धुपिया, निर्देशक इम्तियाज अली र अभिनेता रणविजय सिंह सहभागी थिए ।
‘मलाइ लाग्छ कि जो व्यक्तिको मायामा दिल टुटेको छैन उसले त्यस प्रकारको अभिनय गर्न सक्दैन जुन उसका लागि गर्नुपर्ने अनिवार्य हुन्छ’, कार्यक्रममा करणले भने, ‘तपाईं कुशल अभिनेता हुनुहुन्छ भने तपाईंसामू टुटेको मन हुन जरुरी छ, योविना क्यामेराका अगाडि केही उभिये पनि कुशल अभिनय गर्न गाह्रो हुन्छ’ l
केही व्यक्तिहरुको मनको कुरा आँखाबाट व्यक्त हुने उनको दावी छ । ‘कहिलेकाँही आँखाले तपाईंको मनको कुरा बोलिराखेको हुन्छ, धेरै जनाको आँखाका माध्यमबाटै यस्तो भावना जाहेर हुन्छ जो आफ्नो जिन्दगी यही यात्रामा गुजार्छन’, उनले भनेका छन् ।
करण रोमान्टिक फिल्म ‘कुछ कुछ होता है’, ‘कल हो ना हो’ र ‘ऐ दिल है मुश्किल’ का लागि परिचित छन् ।