Trending :
 

सामसङको वर्ल्ड कप योजना ‘फिल द गेम’का विजेता पुरस्कृत

श्रावण २३,२०७५

-

साउन २३, २०७५ काठमाण्डौ
 
 
 
कम्पनीले लक्की ड्रमार्फत टर्किस एयरको बिजिनेस क्लासको राउन्ड–ट्रिप टिकट विजेता मध्यपुरका नवीनधुन श्रेष्ठलाई प्रदान गरिएको जनाएको छ । त्यस्तै सामसङको ५ इन १ रेफ्रिजेरेटर ललितपुरका बाबुरत्न महर्जन, ग्यालेक्सी एस ९ ललितपुरकै चिनीमैयाँ श्रेष्ठ, ग्यालेक्सी ए ६प्लस बिर्तामोडकी बेनु सुवेदी तथा ग्यालेक्सी ७ डुओस चितवन बसेनीकी मनमाया गुरुङलाई प्रदान गरिएको छ । सबै विजयीलाई सामसङ नेपाल शाखाका प्रबन्ध निर्देशक यू वेओम वान तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्लाहले पुरस्कार वितरण गरेका थिए ।
 
कम्पनीले योजना अवधिभर सामसङका एसयुएचडी टिभी, कर्भड टिभी, युएचडी टिभी, स्मार्ट टिभी, ननस्मार्ट टिभी, एफएचडी तथा एजडी टिभीहरूमा २७ प्रतिशतसम्म क्यासब्याक तथा २ वर्ष वारेन्टी एवं शून्य प्रतिशत मासिक किस्ताबन्दीको सुविधा पनि दिएको थियो । १ जुन देखि १५ जुलाईसम्म सञ्चालन भएको उक्त योजनामा सामसङका स्मार्ट टिभी खरिदकर्ताहरूले टर्किस एयर, एस ट्राभल्स, बयोधा हस्पिटल प्रालि तथा के जिएच ग्रुपका तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए ।