Trending :
 

आज पनि उनलाई बलिउडका 'खिलाडी' भनेर चिनिन्छ

श्रावण २३,२०७५

-

साउन २३, २०७५ एजेंसी
 
बलिउड अभिनेता अक्षयकुमार यतिबेला आफ्नो अगामी रिलिज 'गोल्ड' को रिलिजको प्रचारप्रसारमा व्यस्त छन् । गैरफिल्मी पृष्ठभूमिबाट आएर बलिउडमा सफल हुने निक्कै कम  कलाकारको सूचिमा अक्षयकुमार पर्छन् ।
 
ब्याङ्कंकमा कुक हुँदै बलिउड आइपुगेका अक्षयका लागि बलिउडमा टिक्नु सहज थिएन । संघर्षकालिन समयमा उनी थुप्रैपटक बलिउडबाट अस्वीकृत हुनुपरेको थियो ।
 
यसको खुलासा अक्षयले एक भारतको 'मिडडे' दैनिकलाई दिएको अन्तरवार्तामा गरेका छन् । कुरा ९० को दशकको हो । उनले आमिर खानको 'जो जीता वही सिकन्दर' फिल्ममा साइड रोल गर्नका लागि अडिसन दिए तर फिल्म निर्माण पक्षले उनलाई मनपराएन र उनी फिल्मबाट अस्वीकृत भए । पछि सो रोल दीपक तिजोरीले गरे ।
 
फिल्मका निर्देशक मन्सुर खानले अक्षय सो रोलका लागि योग्य नभएको भन्दै अस्वीकार गरेका थिए । बलिउडमा 'खिलाडी' फिल्मबाट आफ्नो परिचय स्थापित गरेका अक्षय 'सौगन्ध' फिल्मबाट बलिउड प्रवेश गरेका थिए । उनी अनुबन्धित नभएको आमिरको सो फिल्म सन् १९९२ मा रिलिज भएको थियो ।
 
अब्बास मस्तानको सस्पेन्स थ्रिलर पनि आमिरको फिल्म रिलिज भएकै वर्ष रिलिज भयो । सोही फिल्म हिट हुनपुग्‍यो । 'खेलाडी' फिल्मको सफलताले उनलाई बलिउडमा चिनाउने काम गर्यो । तत्पश्चात उनले खेलाडी नाम भएका थुप्रै फिल्ममा काम गरेर बलिउडमा 'खिलाडी' अभिनेताको उपाधि कमाउन सफल भए ।
 
आमिरको सो फिल्मका अलवा उनी अजय देवगनको डेब्यू फिल्म 'फूल और कांटे' बाट पनि निकालिएका थिए । उनलाई त्यतिबेला मध्यरातमा फोन गरेर उनको सट्टा फिल्म अरू कोहीलाई लिइएकोले फिल्म सुटिङमा नआउन भनिएको थियो । उनी फिल्मको मुख्य भूमिकामा छनौट भएका थिए ।
 
यसरी फिल्मबाट अस्वीकृत हुने र अन्तिम समयमा निकालिने भए पनि अक्षयले सन् १९९४ बाट बलिउडमा आफ्नो पहिचान राम्ररी स्थापित गरे । सो समयमा उनलाई एकपछि अर्को फिल्महरूको प्रस्ताव गरियो । सन् १९९४ मा मात्रै उनका १२ वटा फिल्म रिलिज भए । ती १२ फिल्मको सूचिमा मोहरा, मैं खिलाडी तु अनाडी, सुहाग, ऐलान, ये दिल्लगी, जय किशन, जख्मी दिल, जालिम, हम हैं बेमिसाल जस्ता फिल्म छन् ।
 
उनले सन् १९९१ देखी २००० को बीचमा ४२ फिल्ममा काम गरे जसमा १२ फिल्म हिट सावित भए । हाल अक्षय प्रत्येक साल ३-४ फिल्म गर्छन् । पछिल्ला केहि वर्षमा उनका फिल्महरू निरन्तर सफल भइरहेका छन् । उनी धेरै नाफा कमाइदिने अभिनेताको सूचिमा छन् । उनका फिल्म जति अन्य अभिनेताको फिल्म लगातार हिट हुन सकेको छैन् ।
 
पछिल्लो समयमा उनले आफूलाई विषयप्रधान फिल्ममा प्रस्तुत गर्न थालेका छन् जसलाई दर्शकहरूले पनि राम्रोगरी रूचाइरहेका छन् । रूस्तम, प्याडम्यान,  जोली एलएलबी २, ट्वाइलेट एक प्रेमकथा, एयरलिफ्ट, बेबी आदि फिल्म यसका उदाहरण हुन् ।
 
अक्षयको 'गोल्ड' १५ अगस्टमा रिलिज हुँदैछ ।

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News